सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

जेरुसलेम – जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिने अमेरिकी निर्णयलाई राष्ट्रसंघको सुरक्षा परिषद्ले अस्वीकृत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय अस्वीकृत गर्ने सुरक्षा परिषद्को प्रस्तावको पक्षमा १४ सदस्य राष्ट्रले मतदान गरेका थिए ।

अमेरिकाले भने परिषदको सो प्रस्ताव विरुद्ध भिटो प्रयोग गरेको थियो । यसअघि संयुक्त राष्ट्रसंघले सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुबीच सहमति नजुटेसम्म जेरुसेलमले कानूनी रुपमा इजरेलको राजधानीको मान्यता नपाउने बताएको थियो ।

आफ्नो निर्णय विरुद्ध मत खसेपछि रुष्ट बनेको अमेरिकाले राष्ट्रसंघले इजरेल र प्यालेष्टाईनबीचको विवाद समाधान गर्ने नभई झनै खतरनाक परिस्थिती श्रृजना गरेको आरोप लगाउँदै भिटोको प्रयोग गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी यस कदमलाई इजरेली राष्ट्रपति बेन्जामिन नेतान्याहुले सत्यको साथ दिएको बताएपनि प्यालेष्टेनी राष्ट्रपति मोहम्मद अब्बासले अन्तर्राष्ट्रिय समुदायमा स्थायित्वको लागि खतरापुर्ण र अपमानजनक रहेको प्रतिक्रिया दिनुभएको छ । प्यालेष्टाईनले यस विषयबारे छलफलका लागि राष्ट्रसंघीय महासभामा आपतकालीन् बैठकको तयारी गरेको बीबीसीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया