सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – अमेरिकाको एटलान्टास्थित हार्ट्सफिल्ड ज्याकसन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार विद्युत आपूर्ति कटेपछि विमानस्थल आशिंक रुपमा बन्द भएको छ ।

विश्वकै सबैभन्दा व्यस्त उक्त विमानस्थलले दैनिक झण्डै अढाई लाख यात्रु र करिब २५ सय उडानहरु व्यवस्थापन गर्ने गर्छ । बिजुली गएपछि यात्रुहरु अन्धकारमा नै टर्मिनलमा बस्न बाध्य भएका थिए र उड्न ठिक्क परेका विमानहरु रोकिएका थिए । विमानस्थलमा विद्युत आपूर्ति शुरु भएको छ तर एक हजार भन्दा बढी उडानहरु रद्द भएका छन् ।

रद्द
सोमवार थप सयौं उडानहरु रद्द हुनसक्ने बताइएको छ । विमानस्थलमा अवतरणका लागि पूर्व निर्धारित कैयौँ उडानहरु अन्यत्रै प्रस्थान गरेका थिए ।विमानस्थलकतिपय त्यस्ता विमान बहिर्गमनका लागि तोकिएको विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थलले १० घण्टा भन्दा बढी विद्युत आपूर्ति कटौति भएको पुष्टि गरेको छ ।

भूमिगत विद्युत केन्द्रमा भएको आगलागीले गर्दा विद्युत आपूर्ति बन्द भएको सो विमानस्थलमा विद्युत आपूर्ति सेवा उपलब्ध गराइरहेको कम्पनी जोर्जिया पावरले जनाएको छ । उड्डयन अधिकारीहरुले विमानस्थलमा कार्गो उडानहरु खुल्ला भएको तर यात्रुवाहक उडानहरु सोमबार अबेरबाट शुरु गर्ने जनाएका छन् । –बीबीसी

तपाईको प्रतिक्रिया