आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं –  नेपाल प्रहरीसँग गोली छैनभन्दै ४ अर्वको गोलीगटठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्तालयमा दबाब बढाएका छन ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिंदा खरिद प्रक्रिया रोकिएको हो । गृहमा जनार्दन शर्मा मन्त्री हुँदा नै अर्थमा साढे २ अर्ब रुपैंयाँबराबरको गोली र डेढ अर्व रुपैंयाँ बराबरको अन्य सामाग्री खरिद प्रस्ताव पुगेको थियो ।

गोली नेपाली सेनाबाट किन्ने कि अन्य देशबाट भन्ने विषयमा सहमति हुन नसक्दा रोकिएको खरिद फाइल अगाडि बढाउन अहिले दैनिक दबाब आउने गरेको जानकार एक अधिकारीले बताए ।

स्रोतका अनुसार माओवादी नेता शर्माले गृहमन्त्री छँदा सुरक्षाम निकायलाई आधुनिकीकरण गर्ने भन्दै हतियारसँगै हेलिकप्टर पनि खरिद गर्ने प्रस्ताव अगाडि बढाएका थिए ।अर्थका अधिकारीले हेलिकप्टर खरिद प्रस्ताव स्वीकार नगर्दा सो प्रयास पुरा हुन पाएन ।

तपाईको प्रतिक्रिया