आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

टोकियो-जापान भ्रमणका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले  ‘निद्रामै हिँडेर उत्तर कोरियासँग युद्धमा नपुग्न’ चेतावनी दिएका छन्।

कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि शान्तिपूर्ण संवाद सुरु हुनुपर्नेमा जोड दिदै गुटेर्रेसले  भने, ‘हाम्रा लागि सबैभन्दा खराब सम्भावना के छ भने हामी सबै निद्रामै हिँडेर युद्धमा पुग्न खोज्छौ, जसको परिणाम निकै नाटकीय हुनसक्छ।’

उत्तर कोरियाविरुद्ध लगाइएका प्रतिबन्ध लागु हुनुपर्ने बताउँदै गुटेर्रेसले जापानी प्रधानमन्त्री सिन्जो आबेले पनि प्रतिबन्ध र संवादलाई समानान्तर रुपमा अघि बढाइनुपर्ने बताए।

राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टम्यानले उत्तर कोरियाको भ्रमण गरेलगत्तै गुटेर्रेस जापान आएका हुन्। फेल्टम्यानले उत्तर कोरियाले युद्ध नचाएको र युद्ध रोक्ने हो भने तत्काल कूटनीतिक संवाद सुरु गरिहाल्नु पर्ने सन्देस लिएर फर्केका थिए।

मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले आफ्नो देश उत्तर कोरियासँग शर्तरहित वार्ता गर्न तयार भएको बताएका थिए। यसलाई कतिपयले अमेरिकी अवस्थितिमा आएको परिवर्तनको रुपमा व्याख्या गरेका छन्।

यद्यपि ह्वाइट हाउसले उत्तर कोरियासम्बन्धी आफ्नो नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पारिसकेको छ।

तपाईको प्रतिक्रिया