Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – हिउँदयामको माग धान्न विद्युत प्राधिकरणले भारतबाट थप १ सय ७ मेगावाट विद्युत आयत गर्ने तयारी गरेको छ ।

९ सय ६५ मेगावट हाराहारीमा विद्युत उत्पादन भएपनि प्राकृतिक बहावका कारण माग नधान्ने देखिएपछि भारतबाट थप विद्युत आयत गर्न लागिएको प्राधिकरणले जनाएको छ । मुलुकभर हाल १३ सय ८० मेगावट विद्युत माग छ । त्यसमध्ये पिक आवरमा सञ्चालन गर्न सकिने आयोजना र भारतबाट गरि १ हजार ३० मेगावट विद्युत आपूर्ति भईरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।

औधोगिक वाहेकका क्षेत्रमा विद्युत आपूर्तिका लागि प्राधिकरणले १ सय ७ मेगावट विद्युत आयत गर्ने तयारी गरेको हो । भारतबाट ४ सय ७० मेगावट विद्युत ल्याउने लक्ष्य राखेको प्राधिकरणले अहिलेसम्म ३ सय ६३ मेगावट विद्युत आयत गरिरहेको छ । प्राधिकरणले हिउँद लक्षित रणनीतिक योजना समेत अघि सारेको छ ।

सो अनुसार परिक्षणको क्रममा रहेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना, कालीगण्डकी, मध्य र्मस्याङ्दी तथा तल्लो र्मस्याङ्दी र चिलिमे जलविद्युत आयोजनालाई समते पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना प्राधिकरणको छ । यस्तै साना आयोजनाबाट समेत पूर्ण क्षमताको उत्पादन गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया