Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले विवाह गरेका छन् । कप्तान कोहली र अभिनेत्री शर्माले इटालीमा विवाह गरेका हुन् । आफ्नो विवाहको तस्बिर ट्वीटरमा राख्दै कोहलीले विवाहको पुष्टि गरेका हुन् ।

उनले लेखेका छन् ‘आज हामी दुई एकअर्काको प्रेममा अनन्तकालसम्म बाँधिने कसम खाएका छौं । हामी यो खबर तपाईंहरुसँग साझा गर्दा निकै खुशी र धन्य महसुश गरिरहेका छौं ।’ उनले अघि लेखेका छन् ‘परिवार तथा समर्थकको मायाले हाम्रो यो दिनलाई हाम्रा लागि थप खास बनाइदियो । हाम्रो जीवनको महत्वपूर्ण पाटो बन्नु भएकोमा सबैलाई धन्यवाद ।’

विराट कोहलीले ट्वीटरमा वरमाला पहिरिने बेलाको तस्बिर पोस्ट गरेका छन् । यस्तै अनुष्का शर्माले पोस्ट गरेको तस्बिरमा दुवैजना बसेका छन् । इटालीको टस्कनीमा रहेको एक रिजोर्टमा पञ्जावी रिवाज अनुसार भएको विवाहमा विराट र अनुष्काको परिवारका सदस्य र दुवै तर्फका खास साथीहरु मात्रै सहभागी थिए । इटालीमा विवाह गरेका विराट र अनुष्काले रिसेप्शन भने दिल्ली र मुम्बईमा दिने भएका छन् ।

आउँदो डिसेम्बर २१ मा दिल्ली तथा २६ मा मुम्बईमा रिसेप्शन दिने भएका हुन् । विराट र अनुष्काले परिवार तथा नातेदारका लागि दिल्लीमा २१ डिसेम्बर तथा बलिउड तथा क्रिकेट जगतका साथीका लागि २६ डिसेम्बरमा मुम्बईमा रिसेप्शन हुनेछ ।

त्यसपछि विराट–अनुष्का दक्षिण अफ्रिका जाने छन् । त्यहाँ नयाँ वर्ष मनाएर अनुष्का जनवरीको पहिलो हप्ता मुम्बई फर्कने छिन् । मुम्बईमा अनुष्का आनन्द एल रायको नयाँ चलचित्रको सुटिङमा व्यस्त हुने छिन् । जसमा उनी शाहरुख खानसँग स्क्रिन सेयर गर्ने छिन् ।

अब अनुष्का र विराट मुम्बईको वर्ली क्षेत्रमा लिएको नयाँ घरमा सर्ने छन् । विवाहको खबर आएपछि धेरैले बधाई दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया