शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो–जापानको नागोया, मिनातोमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् ।   जापानको आइचिकेन नागोयामा बस्दै आएका  नवलपरासी गैडाकोटका ३० वर्षीय कुमार तिमिल्सिनाले मंगलबार समुद्रमा हाम फालेर आत्महत्या गरेको जापान प्रहरीलाई उधृत गर्दै उपेन्द्र पोखरेलले समुद्रपारि डटकमलाई जानकारी दिनुभयो । चार वर्ष अगाडि विद्यार्थीका रुपमा जापान आएका उनी हाल युनिर्भसिटी तेस्रो वर्षमा अध्ययनरत थिए । मृतक तिमिल्सिनाको शवलाई  पोष्टमार्टम गरि शवगृहमा राखिएको छ । निजको शवलाई डिसेम्बर ८ तारिक शुक्रबार बिहान जापानमै दाहसंस्कार गरिने गैर आवासीय नेपाली संघ तोकाई नागोयाका संयोजक  दिपक केसीले बताउनुभयो । आत्महत्याको स्पष्ट कारण नखुलेपनि  मृतकको साथमा सुसाइड नोट फेला परेको थियो । मृतककी श्रीमती र भाइ पनि हाल जापानमै रहेका छन् । उनकाे  १ छोरा भने नेपालमा रहेकाे बताइएको छ । ***

तपाईको प्रतिक्रिया