आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार हुनुहुन्छ । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय रहनुभएका उहाँ यसपटक पुनः उम्मेदवार बन्नुभएको हो ।

लाहुरे’ पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका उहाँ जिल्लामा एक्ला उम्मेदवार भने हुनुहुन्न । प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा कांग्रेसबाट यमलाल फगामी उठ्नुभएको छ । भारतीय सेनाबाट अवकास पाएपछि राजनीतिमा प्रवेश गर्नेबित्तिकै उहाँले पार्टीबाट टिकट पाउनुभयो ।

त्यस्तै कांग्रेस र राप्रपाको गठबन्धनबाट प्रदेश ‘क’ मा राप्रपाका भीमप्रसाद गौचन उम्मेदवार हुनुहुन्छ । पञ्चायतकालमा दरबारसँग निकट सम्बन्ध राख्ने र धेरै विवादमा मुछिनुभएका उहाँ अहिले पनि चुनावी प्रस्पिर्धामा हुनुहुन्छ। गौचन भारतीय सेनाबाट जागिर अवधि पुरा नहुँदै फर्किनुभएको हो ।

म्याग्दीको राजनीतिमा पञ्चायतकालदेखि नै ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको दबदबा छ । राजनीतिक पार्टीदेखि सामाजिक संघसंस्थासम्म यही पृष्ठभूमिका व्यक्तिको पकड रहिआएको छ ।

बेलायती, भारतीय र नेपाली सेनाबाट अवकास पाएकाहरु सामाजिक संघसंस्था र राजनीतिमा जोडिएका छन् । अनुशासित, इमानदार, आर्थिकरूपले सबल हुने भएकाले दलहरूले पनि उनीहरुलाई नै उम्मेदवार बनाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया