Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

काठमाडौं – गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ ।

राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ । प्रभावित क्षेत्रको पुनःउत्थानका लागि करिब ७३ अर्ब २४ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिनुभयो ।

उहाँले आगामी तीन वर्षमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनःस्थापना रणनीति अवलम्बन गरिने बताउनुभयो । जोखिमलाई सम्बोधन गर्नका लागि आवश्यक रुपरेखाको प्रस्तावसहित प्रतिवेदन आफूले प्रधानमन्त्रीलाई बुझाएको बताउँदै डा वाग्लेले त्यसलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा रहेको बाढीपीडितको पुनःस्थापनार्थ विशेष एकाइमार्फत गरिने बताउनुभयो ।

उक्त प्रतिवेदनमा साउन २७ देखि ३० गतेसम्म गएको बाढीलाई मात्र लिइएको छ । बाढीबाट देशभरका ३५ जिल्ला प्रभावित र १८ जिल्ला अत्यधिक प्रभावित भएका थिए । उक्त प्रतिवेदन योजना आयोगले गृह मन्त्रालयले विपत्ति प्रभावित भनेर तोकेको १८ भन्दाबढी जिल्ला तथा नौ क्षेत्रका कार्यालयले तयार गरेको तथ्यांकमा आधारित थियो ।

डा वाग्लेका अनुसार बाढीले मुकुको समग्र अर्थतन्त्रमा भन्दा पनि सम्बन्धित जिल्लामा मात्र असर पार्ने देखिएको बताउँदै बाढीबाट प्रभावितको पुनःउत्थान नेपाल सरकारले नै गर्ने स्पष्ट पार्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया