Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

चितवन – वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाँदा लाग्ने गरेको कर हटाइएको बताउनुभएको छ ।

आज पत्रकारसँग कुरा गर्दै उहाँले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकुञ्जमा लाग्ने कर हटाउने निर्णय गरी राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको बताउनुभयो । अबको केही दिनमा नै सो निर्णय कार्यान्वयनमा आउने उहाँले बताउनुभयो ।

माडीवासीले सदरमुकाम आउँदा जाँदा प्रत्येक पटक शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले शुल्क हटेसँगै माडीवासीलाई सहज हुने बताउनुभयो । अहिले माडीवासीले भरतपुरबाट माडी जानका लागि मोटरसाइकल, बयलगाडा र टाँगाको १० कर तिर्दै आएका छन्, भने बस, कार, जिप, ट्याक्टर, लरीलगायत पाँच टनसम्मका सवारी साधनले ५० शुल्क तिर्ने गरेका छन् । यससँगै माडीवासीले राहत महसुस गरेका छन् ।

मन्त्री पाण्डेले माडी जाँदा र भरतपुर आउँदा निकुञ्जभित्र पर्ने सडक छेउमा आवागमन गर्न असहज भएका रुख काटिसकिएको बताउँदै निकुञ्जभित्रको सडक एक वर्षभित्र कालोपत्रे गर्ने कामका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो । ‘माडी क्षेत्रमा छिट्टै जडीबुटी उद्योग स्थापना गरिने छ, सो क्षेत्रमा पाइने जडीबुटीलाई प्रयोग गर्दै उद्योग सञ्चालन गरिने छ’, मन्त्री पाण्डेले बताउनुभयो । यसका लागि इजरायली प्रविधिबाट खेती गर्ने र कृषिमा आधुनिकीकरण भित्र्याउन लागिएको उहाँको भनाइ थियो ।

चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिनिधिसभा सदस्यमा चुनावी प्रतिस्पर्धा गरिरहनुभएका मन्त्री पाण्डेले अनावश्यक आश्वासन दिएर जनता झुक्याउने काम नगर्न आग्रह गर्नुभयो । निकुञ्ज क्षेत्रमा आकाशे पुल वा सुरुङ मार्ग सम्भव नरहेको बताउँदै उहाँले चितवनका जनताले यो कुरा राम्रोसँग बुझेकाछन् भन्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया