Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – अहिले स्मार्टफोन बजारमा धेरै महँगा फोनको दबदबा छ । फोन कम्पनीहरुले आफ्ना हाइ इण्ड मोडेल अर्थात् महँगा मोडेलका स्मार्टफोनमा जोड दिइरहेका छन् । यस्ता महँगा स्मार्टफोनको बिक्री पनि गज्जब भैरहेको तथ्यांकले देखाउँछ ।

हालै एप्पलले आफ्नो सबैभन्दा महँगो स्मार्टफोन आइफोन एक्स लञ्च गर्यो । एप्पल मात्र होइन, गुगल, सामसुङ, एचटिसीलगायतले पनि पछिल्लो समय आफ्ना हाइ इण्ड प्रिमियम स्मार्टफोन लञ्च गरेका छन् । अहिले स्मार्टफोनका प्रयोगकर्ताहरु यस्ता बनिसकेका छन् कि टिकाउपना र फिचर्सको मामिलामा कुनै सम्झौता गर्दैनन् र मन परेको स्मार्टफोनका लागि गोजी रित्याउन पछि पर्दैनन् ।

एक सर्वेक्षण अनुसार स्मार्टफोन प्रयोगकर्तामध्ये ५० प्रतिशत प्रयोगकर्ता स्मार्टफोनको ब्याट्री धेरै टिक्ने हुनुपर्नेमा जोड दिन्छन् । साथै धेरैको चाहना स्मार्टफोनको स्क्रिन बलियो होस् र सामान्य दुर्घटनामा स्क्रिन नफुटोस् भन्ने हुन्छ ।

सेल्फीप्रेमी स्मार्टफोन प्रयोगकर्ताहरुका लागि स्मार्टफोनको क्यामरा पनि सबैभन्दा प्राथमिकताको विषय बन्ने गरेको छ । राम्रो क्यामरा र तीव्र गतिमा स्मार्टफोन चलाउनका लागि चाहिने उच्च क्षमतायुक्त प्रोसेसरका कारण स्मार्टफोन महँगो बनिरहेको छ ।

महंगो स्मार्टफोन किनिसकेपछि ग्राहकहरु आफ्नो स्मार्टफोनको सुरक्षाका विषयमा गम्भीर हुनु स्वभाविकै हो । त्यसैले महँगो फोनमा वाटरप्रुफ फिचरको माग उच्च छ  स्मार्टफोनमा थोरैमात्र पनि ओस तथा पानी छिर्नाले यो पूरै बिग्रिने खतरा हुन्छ । त्यसैले स्मार्टफोन वाटरप्रुफ प्रविधियुक्त हुनु प्रयोगकर्ताका लागि सबैभन्दा ढुक्कको कुरा हो । वाटरप्रुफ फिचर धेरै उच्च मूल्यका स्मार्टफोनमा मात्र उपलब्ध छ ।

समयसँगै केवल एप्पलका स्मार्टफोन मात्र महँगो भएका होइनन् । आजकल एन्ड्रोइड प्लेटफर्ममा चल्ने प्रिमियम स्मार्टफोनहरुको मूल्यमा पनि उछाल आएको छ । स्मार्टफोन प्रयोगकर्ताहरुले मन फुकाएर खर्च गर्ने बानी र अत्याधुनिक फिचर सहितका स्मार्टफोनको बढ्दो मागका कारण एक पछि अर्को गर्दै महँगा स्मार्टफोनहरु बजारमा आइरहेका हुन् । –एजेन्सी

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया