Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

नयाँदिल्लि – बलिउड चलचित्र निर्माता रोहित शेठ्ठीले चौथोपटक अभिनेता अजय देवगनलाई साथ लिएर निर्माण गरेको चलचित्र ‘गोलमाल अगेन’ बक्स अफिसको रेकर्डले सफल मानिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत अक्टुबर २० मा रिलिज भएको ‘गोलमाल अगेन’ले दोस्रो साता पनि राम्रो ब्यापार गरेर कुल २०५ करोड भारु कमाउन सफल भएको छ । ‘बक्स अफिस’को रेकर्डले दोस्रो हप्तामै ‘गोलमाल अगेन’ २ सय करोड क्लबमा सामेल भएको छ ।

बलिउड ट्रेन्ड विश्लेषक तरण आदर्शका अनुसार ‘गोलमाल अगेन’ले घरेलु ‘बक्स अफिस’मा १६७.५२ करोड र ‘ग्लोबल बक्स अफिस’मा ३७.६० करोड गरी कुल २०५.१२ करोड भारु कमाउन सफल भएको छ ।

घरेलु ‘बक्स अफिस’मा पहिलो हप्तामै कुल १३६.०८ करोड भारु कमाएको यस फिल्मले दोस्रो हप्ता ३१.४४ करोड कमाउन सफल भएको थियो ।

करिव एकसय करोड भारुको लागतमा बनेको ‘गोलमाल अगेन’ले ८० करोड भारु प्रोडक्सन खर्च र बाँकी २० करोड भारु प्रमोशन खर्च भएको निर्माण पक्षले जनाएको छ ।

निर्माता रोहित शेठ्ठीले गोलमाल फिल्मको चार श्रृंखलामा लगातार अभिनेता अजय देवगनलाई खेलाएका छन् । अहिलेसम्म चारओटै श्रृंखलामा नायक देवगन सफल मानिएका छन् ।

विशेषगरी ‘कमेडि’ कथामा आधारित ‘गोलमाल’ श्रृंखलाको चौथो फिल्म ‘गोलमाल अगेन’मा पनि दर्शकले ‘हरर कमेडी’को मज्जा लिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया