अक्टोबर २ देखि अक्टोबर २३ सम्ममा क्युएस रेमिटबाट नेपाल पैसा पठाउने ग्राहकहरूलाई सहभागी गराएर संचालन गरिएको उक्त अफर कार्यक्रमको बुधबार लक्की ड्रमार्फत विजेताहरुको घोषणा गएिकोे हो ।
जापानको सिनओकुवोस्थित आफ्नै कार्यालयबाट पत्रकार महासंघ जापानका कार्यवाहक अध्यक्ष ऋतुकुमार दुरा,पूर्वी विकास सहकार्य केन्द्रका कार्यवाहक अध्यक्ष्य कुमार कार्की , पूर्व राष्ट्रिय फुटवल खेलाडी वसन्त गौचन लगायतकाे उपस्थितिमा भाग्यशाली ग्राहक छनाैट गरिएको हो । यस लक्की ड्रमा क्युएस रेमिटद्वारा नेपाल पैसा पठाउने करीव २ हजार बढी ग्राहकहरूको नामलिस्ट समावेश गरिएको थियो । उक्त कार्यक्रमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।
कार्यक्रममा ‘तिहार गोल्ड’ कम्पनीका नेपाल मार्केट प्रमुख सोम गुरुङले योजनाको बारेमा जानकारी गराउनु भएको थियो । विजया दशमीका अवसरमा क्युएस रेमिटले आफ्ना ग्राहकहरुका लागि ल्याएको ‘दशैं गोल्ड’ कार्यक्रमबाट अजय थापा मगर, बिनोद घर्ती र सुमित याक्पाङ्देन लिम्बुले सुनको बाला पाउन सफल भएका थिए।
ग्राहक हरुको सुबिधा लाई ध्यानमा राखी जापानबाट नै नेपालको क वर्गको हिमालयन बैंकको खाता खोल्न मिल्ने र आफ्नो अकाउंटको स्टेटमेंट पनि जापानबाट नै चेक गर्न मिल्ने बताईएको छ ।
जापानको विभिन्न शहरहरूमा समेत शाखा रहेको यस रेमिटले समय-समयमा अाफ्ना ग्राहकहरूलाई विभिन्न उपहार योजनाहरू अायोजना गर्दै अाईरहेको छ ।
https://www.facebook.com/976327865783719/videos/1558170784266088/