शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – चालू आर्थिक वर्ष ०७४–७५ को पहिलो त्रैमाशमै राजश्व संकलनमा गिरावट आएको छ । तुलनात्मक रुपमा बढी संकलन हुनुपर्ने समयमा राजश्वले लक्ष्य भेट्न नै मुस्किल भएको छ ।

अर्थ मन्त्रालयका अनुसार गत असोजसम्ममा एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख रुपैयाँ राजश्व संकलन भएको छ । सरकारले पहिलो त्रैमासमा एक खर्ब ४७ अर्ब ४३ करोड २९ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो । पहिलो त्रैमाशमा सरकारले लिएको लक्ष्यको तुलनामा १९ करोड रुपैयाँ कम राजश्व उठेको हो ।

पहिलो चौमासमा बढी राजश्व उठ्नुपर्ने भए पनि लक्ष्य अनुसार संकलन हुन नसकेको मन्त्रालय बताएको छ । खासगरी मूख्य चाड दशैं र तिहारका समयमा वस्तु आयात बढ्ने हुँदा त्यसले राजश्व संकलन बढाउन मद्दत पुग्छ । तसर्थ पनि यो समयमा सरकारले राजश्व संकलनको लक्ष्य तुलनात्मक रुपमा बढी लिइएको हुन्छ ।

अर्थ मन्त्रालयका अनुसार साउनमा ५१ अर्ब ४६ करोड, भदौमा ४५ अर्ब एक करोड र असोजमा ५० अर्ब १५ करोड रुपैयाँ राजश्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया