Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

के तपाईंले सेकेण्डह्याण्ड पुस्तक पसलमा कहिले किताब किन्नु भएको छ र किनेको किताबमा पहिलेको प्रयोगकर्ताले राखेको बुकमार्कका रूपमा प्रयोग गरेको केही अनपेक्षित चीज भेट्नुभएको छ?

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पाउनु भएको छ भने तपाईंमात्र एक्लै हुनुहुन्न। प्रयोग गरिएका किताबमा अनौठा बुकमार्क विश्वभरि भेटिन्छन्। “२८ सेकेण्डमा अद्भुत व्यक्तिगत प्रतिभा”  का नाभेर मातोमे नाम प्रयोग गर्ने एक व्यक्तिले आफ्नो व्लग पोष्टमा जापानमा केही यस्ता बुकमार्कका अभिलेख राखेका छन्।

ती मध्ये धेरै जसो ट्वीटरमा फोटोका रूपमा शेयर गर्नु अघि बुक अफ नामक राष्ट्रव्यापी प्रयोग गरिएका किताब बिक्री गर्ने पसलहरूबाट खरीद गरिएका किताबमा पाइएका थिए।

View image on TwitterView image on TwitterView image on Twitter

 ブックオフでようやく巡り会えた乙一の「夏と花火と私の死体」、帰りの電車で読み終わった。この頃から淡々と恐ろしい事書いてるしオチも相変わらずうわぁ…ってなるキツさだったんだけど、一番怖かったのは最後のページに挟まってた落書きだった。

मैले अन्त्यमा बुक अफमा फेला पारेको ओत्सोइचिको किताब समर , फयारवार्क एण्ड माइ डेड बडी  घर फर्कदा ट्रेनमा पढी सिध्याए। लेखकले अत्यन्त हिंसात्मक कुराहरूलाई फरक ढंगले वर्णन गरेका छन् र यसको अन्त्यले मलाई रक्ताम्मेबाट चियाउन बाध्य गरायो, तर सबभन्दा डरलाग्दो अन्तिम पृष्ठहरूमा भएका डूडल (रेखाचित्र) थियो।

नाभेर मातोमे ब्लग पोष्टमा प्रस्तुत गरिएका अन्य बुकमार्कहरू रहस्यमयी र कहिलेकाहीँ विचलित पार्ने खालका छन्।

View image on Twitter

मेरो सेकेण्डह्याण्ड किताबमा एउटा रहस्यमयी कोड भएको कागज थियो…म साह्रै नै डराएको छु।

View image on Twitter

古本買ったら挟まってた 狂気を感じる

(यस डूडलमा रहस्यमयी, निरर्थक जापानी भाषा प्रयोग भएको छ)

ट्वीट: मैले एउटा किताब किने र यसभित्र रहेको पागलपन महसुस गर्न सक्छु।

केही झन मनमोजी खालका छन्:

View image on Twitter

मेरो सेकेण्डह्याण्ड किताबमा एउटा सानो पोट्रेट फोटो थियो…

यद्यपि अन्य धेरै सिर्जनशील हुन्छन्:

View image on Twitter

古本に挟まってた手作り(スーパーのチラシを切り抜いた)しおりがかっこいい。

मेरो सेकेण्डह्याण्ड किताबमा रहेको यो हस्तनिर्मित (एउटा सुपरमार्केट विज्ञापनलाई काटेर बनाइएको) बुकमार्क अति आधुनिक छ।

अन्य कतिपय बुकमार्क चाहीँ किताबसँग मिल्दोजुल्दो हुन्छन्:

View image on Twitter

ドグラ・マグラに挟まってたが

こんなサンリオの栞に
丁寧に難読漢字をルビ振って書きつつ、ドグラ・マグラ読む女の子が居ることに
自分、興奮を隠せません!!

古本って良いね!!

ओहो, मैले बुक अफमा किनेको डोग्रामाग्राको यो प्रतिमा केही छ। यसमा हेल्लो किट्टी (सन्नियो) बुकमार्क रहेछ। र यस बुकमार्कमा साना उच्चारण गाइड भएका पढ्न मुस्किल अक्षरहरू रहेछन्। युमेनो क्युसाकुका अतियथार्थवादी जासुसी उपन्यास पढ्नेमध्ये म चाहीँ आफ्नो खुशी लुकाउन सक्दिन ! प्रयोग गरिएका किताबहरू अति राम्रा हुन्छन्!

कहिलेकाहीँ बुक अफमा नचिताएका इनाम भेटिन्छन्:

View image on Twitter

मैले बुक अफमा १०८ येन पर्ने (१ युएस डलर जति) किताब किने र त्यसमा ४,००० येन (४० युएस डलर जति) रहेछ। तर किन पुराना र नयाँ दुवै खाले येनका नोटहरू? जे होस्, म बाहिर आए।

वा पहिलेको किताब मालिकको जिवनतर्फ संकेत गरिएको।

View image on Twitter

1995年3月19日に撮られた写真。

यो मैले बुक अफमा किनेको कुनै मांगामा थियो। यी फोटोहरू मार्च १९, १९९५ मा खिंचिएका थिए।

अन्य विचित्र बुकमार्कहरू नाभेर मातोमे ब्लग पोष्टमा पाउन सक्नुहुनेछ।

तपाईको प्रतिक्रिया