Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

भक्तपुर – वार्षिक रु पाँच करोडको फूल तथा फूलको माला बिक्री हुने जिल्लामा यस वर्ष फूलको अभाव भएको छ ।

यस वर्ष फूलको माग दोब्बर भएको छ । उत्पादन कम भएपछि मूल्यमा पाँच गुणाले वृद्धि भएको छ । मखमली फूलको उत्पादन पर्याप्त भएपनि सयपत्री फूलको उत्पादन भने विगत वर्षका तुलनामा कम भएपछि मूल्य पाँच गुणाले वृद्धि भएको हो ।

गुण्डुमा पाँच वर्षदेखि फूलखेती गर्दै आउनु भएकी ५० वर्षीया सीता थापा यस वर्ष विगत वर्षभन्दा फूलको माग दोब्बर भएको र मागअनुसार मूल्य बढाउनु परेको बताउनुहुन्छ । विगतका वर्षमा एक थुंगा सयपत्री फूल एक रुपैँयामा बिक्री गर्दै आएका सूर्यविनायक नगरपालिका गुण्डुका किसान यस वर्ष प्रतिथुंगा पाँच रुपैयामा बिक्री गरिरहेका छन् ।

यहाँका एक सयभन्दा बढी किसानले आधा रोपनीदेखि पाँच रोपनी जग्गामा फूलखेती गर्दा एक वर्षमा ५० हजारदेखि रु आठ लाखसम्म आम्दानी हुन थालेपछि किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका छन् । गुण्डुकी ४८ वर्षीया देवु कुँवर दिनको ५०० ज्याला तिरेर मखमली फूलको माला गाँस्न लगाएको बताउनुहुन्छ ।

एउटा माला २५ देखि ५० सम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । सयपत्री फूल उत्पादन कम भएकाले एउटै थुंगा पाँच रुपैयाँमा बिक्री गर्ने गरेको कुँवरले बताउनुभयो । फूल र माला खोज्न गाउँ-गाउँमै एक महिना अघिदेखि व्यापारी आउने भएकाले बजार खोज्दै जानु नपर्ने भएपछि सहज भएको फूलको व्यापार गर्दै आउनुभएकी ३० वर्षीया सविना नगरकोटी बताउनुहुन्छ ।

यस वर्ष मागअनुसारको माला र फूल दिन नसक्दा समस्या परेको बताउँदै उहाँले फूलखेती गर्ने जग्गाको समेत अभाव भएको बताउनुभयो । पाँच वर्षदेखि जग्गा भाडामा दिएर फूलखेती गर्दै आएकी स्थानीयवासी इन्दिरा नगरकोटी फूलबाट मनग्य आम्दानी हुने भए पनि मागअनुसारको फूल उत्पादन गर्न नसकेको बताउनुभयो । सयपत्री फूल भर्खरै फुल्न थालेकाले फूलको अभाव भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया