सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो  – एक अध्ययनका अनुसार २०१६ मा आएको भुकम्पका कारण पश्चिम जापानको कुममोटोको  प्रान्त अन्तरगत  क्षति भएका घरवालाहरुले अझै पनि क्षतिपुर्ति नपाएको जानकारी भएको छ ।
एनएचकेले कुमामोटो प्रान्तको २४ नगरपालिकाहरूको सर्वेक्षण गरेर पाएको जानकारीका आधारमा  १४ नगरपालिकाहरुमा  क्षतिपुर्ति पाउन योग्य २३० परिवारले सेप्टेम्बरको मध्यमा पैसा पाएनन्। पिडितहरुलाई क्षतिपुर्तिका लागि  नगरपालिकाहरुले जानकारी गराउनु पर्नेमा ८ वटा नगरपालिकाले त्यसो नगरेको पाइएको थियो

शिजुयका विश्वविद्यालयको  एक विशेषज्ञ मुनिरीरी इनोगुची अनुसार  पिडितहरुले यति लामो समयसम्म  राहत पाउन नसक्नु  एक ठूलो समस्या भएको बताउनुभयो  । इनोगुचीले थपे कि उसले स्थानीय सरकारी अधिकारीहरूलाई यो सुनिश्चित गर्न कठिन छ कि पीडितहरूले पैसा पाउने काम गर्न चाहन्छन्, यस योजनाको उद्देश्यले उनीहरूका जीवनलाई पुनर्निर्माण गर्न मद्दत पुर्याउँदछ।

यस अन्तर्गत हरेक मानिस जसको घर क्षति भएको छ , प्रत्येक  घर अनुसार १ मिलियन येन रकम दिईएको थियो । उक्त रकम पाउनको निम्ति ती घरवालाहरुले चाहिने कागज नगरपालिकामा पेश गरेर भुक्तानी रकमको माग गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया