सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – भिन्डी एक स्वादिष्ट सब्जी हो । भिन्डीबाट भिटामिन, खनिज, एन्टिअक्सिडेन्टलगायत पाइन्छ । भिन्डीमा क्याल्सियम, पोटासियम, म्याग्नेसियम पनि भरपुर मात्रामा पाउन सकिन्छ । क्यान्सर, मधुमेह, हृदयरोग, नेत्ररोग, कब्ज, एनिमियाका रोगीलाई समेत निकै फाइदा मानिन्छ । यति मात्रै होइन, नियमित भिन्डी खानेहरू विभिन्न समस्याबाट बच्न सक्छन् ।

भिन्डीमा भिटामिन ए, बी, सी पाइन्छ । यसमा उपलब्ध भिटामिन बीले जन्मजात हुने विकृतिलाई रोक्छ ।

भिन्डीमा पाइने भिटामिन सीले श्वासप्रश्वासमा हुने रोगहरूबाट बचाउँछ । यो ग्यास्टिक तथा अल्सरका लागि प्रभावकारी दबाईसमेत हो ।

भिन्डीले ठूलो आन्द्राको सतहलाई रक्षा गर्छ । यसको सेवनले आन्द्रामा कुनै समस्या आउँदैन । यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ ।


भिन्डीको सेवनले मानिसलाई राम्रो देखाउन मद्दत गर्छ । भिन्डीलाई उमालेर, थिचेर यसलाई छालामा केही बेर लगाई राख्दा हाम्रो छाला धेरै मुलायम र नरम हुन्छ ।

भिन्डीले मोटोपन हुनबाट बचाउँछ । यसमा पाइने भिटामिनले हाम्रो हड्डीलाई मजबुत बनाउँछ । यसले रगतको कमी हुनबाट बचाउनुका साथै कोलेस्टेरोललाई कम गर्छ ।

भिन्डीमा पाइने भिटामिन्सले आँखा, कपाललाई फाइदा पुग्छ । यसले गर्मीबाट बचाउँछ ।

तपाईको प्रतिक्रिया