बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – चुनावी गठबन्धनमा व्यस्त एमाले सांसद रेवतीरमण भण्डारी हतारमा सुनसरीबाट काठमाडौं आउनुभयो । संसदको अन्तिम बैठकमा सहभागी हुन आउनुभएका उहाँले संसद सचिवालयबाट पाएको सुविधा बुझाउने काम पनि गर्नुभयो ।

‘रातो पासपोर्ट लिएको थिएँ, कार्यकाल सकिने भएपछि त्यो बुझाएको छु, अब थप चुनावी तयारीका लागि भोलि नै जिल्ला फर्कन्छु,’ उहाँले भन्नुभयो ।

संविधानसभा–२ का लागि निर्वाचित सभासद रुपान्तरित संसद भएपछि सांसद हुनुभएको थियो । सबैजसो सांसदले अन्तिम बैठकमा भाग लिने क्रममा सचिवालयबाट लिएको सुविधा बुझाउन थालेका हुन् ।

संसद सचिवालयले पनि सांसदलाई एसएमएसमार्फत सुविधाका रुपमा प्राप्त जिन्सी र अन्य सामान बुझाउन आग्रह गरेको थियो । ‘संसद सचिवालयबाट जिन्सीलगायत सामान लिनु भएका माननीयज्यूहरुले स्टोरमा फिर्ता गरिदिनु हुन अनुरोध छ,’ सांसदलाई पठाइएको एसएमएसमा उल्लेख छ ।

एसएमएस पाएपछि शुक्रबार कम्तीमा २ दर्जन सांसदले सुविधा फिर्ता गरेका हुन् ।

तपाईको प्रतिक्रिया