Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

 

काठमाडौँ –  नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ ।  जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो ।  उहाँको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गर्नुृ भएको विज्ञप्तिमा पार्टीले उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।  काठमाडौँको बबरमहलमा जन्मनुभएका स्व राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा शुरु गर्नुभएको थियो । विसं २०१५ को आमनिर्वाचनमा उहाँ अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुभएको थियो ।

गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएका स्व राणा २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । विसं २०४६ को ऐतिहासिक जनआन्दोलनपछि विसं २०५० मा उहाँ नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य हुनुभएको थियो ।

स्व राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ । उहाँ मदन पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो । स्व राणाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया