Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पोखरा – तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिजपालन व्यवसाय गरेका छन् ।

पोखरा-लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताउनुभएका पदम अधिकारीले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने अभिप्रायले कालिज पाल्न थालेकोे बताउनुभयो ।

महानगरपालिका-३३ लामगादीमा आफ्ना भान्जा सोमनाथ लामिछानेको २० रोपनी जमिनमा उहाँले दुई वर्षदेखि रू एक करोडको लगानीमा कालिजका अलवा तित्रासमेत पाल्दै आउनुभएको हो । नेपाल वाइल्ड फुड प्रोजेक्ट प्रालि कम्पनी दर्ता गरी शुरु गरिएको सो व्यवसायमा अधिकारीको ८० र भान्जा लामिछानेको २० प्रतिशत लगानी छ ।

आफू बेल्जियममा रहँदा कालिजको मासु किनेर खाने गरेको र यसको मासु निकै स्वादिष्ट र स्वस्थकर हुने गरेकाले घर फर्केपछि यो व्यवसाय सञ्चालन गर्ने रुचि भएको उहाँको भनाइ छ । विसं २०७२ माघबाट शुरु गरिएको सो व्यवसायमा हाल उहाँले एक हजार २०० वटा कालिज र ४३ वटा तित्रा पाल्दै आउनुभएको छ । भविष्यमा मृग पनि पाल्ने सोच अधिकारीको छ ।

अधिकारीले बेल्जियमबाटै एक हजार २०० वटा कालिजको अण्डा सँगै लिएर आउनुभएको र तिनै अण्डाबाट चल्ला निकालेपछि कालिज पाल्दै आउनुभएको हो । यसको मासु विदेशी पर्यटकले निकै रुचाउने भएकाले खरिद गर्न नेपाली ग्राहक कम्पनीमै आउने गरेको र ५०÷६० वटा भाले कालिज प्रतिवटा रु तीन हजारका दरले बिक्री गरेको उहाँ बताउनुहुन्छ ।

चैत, वैशाख र जेठमा मात्रै यसले अण्डा पार्ने भएकाले अण्डा र पोथी कालिज बिक्री नगरिएको र यसको संख्या बढाएर दुई लाखसम्म पुर्याउने लक्ष्य रहेको उद्यमी अधिकारी उल्लेख गर्नुहुन्छ । अहिले शुरुवातको अवस्था रहेको र अबको दुई वर्षपछि मात्रै व्यवसायबाट नाफा हुने विश्वास उहाँको छ ।

तपाईको प्रतिक्रिया