Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

स्टकहोम – जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले बिहीबार जनाएको छ ।

पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको’ उल्लेख गरेको छ ।

सन् १९८२ मा ‘अ पेल भ्यू अफ हिल्स’ नामक पुस्तकबाट पूर्णकालिन लेखन शुरु गरेका साहित्यकार इसिगुरोका कृतिमा स्मृति, समय र स्वैरकल्पनासम्बन्धित बिषयवस्तु रहने गरेको पाइन्छ । पुरस्कार छनौट समितिले इसिगुरोका लेखनमा शान्त अभिव्यक्ति तथा सांगितिक प्रभाव रहेको पाइन्छ ।

सन् १९५४ को नोभेम्बर ८ मा जापानको नागासाकी शहरमा जन्मेका इसिगुरो पाँचबर्षको उमेरमा परिवारसहित बेलायत जानुभएको थियो । त्यहाँबाट उहाँले अंग्रेजी तथा दर्शनशास्त्रमा केन्ट विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ ।

उहाँका सबैभन्दा चर्चित उपन्यासहरु ‘द रिमेन्स अफ द डे’ र ‘नेभर लेट मि गो’ मा आधारित रहेर चलचित्र बनाइएका छन् ।  ६२ वर्षीय लेखकले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा अत्यन्तै खुशी बनेकोे बताउनुभयो ।

उहाँले जम्मा आठवटा पुस्तक लेख्नुभएको छ । इस्ट एङलिया विश्वविद्यालयमा सृजनात्मक लेखनको अध्ययन गरेका उहाँले एघार लाख अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नुहुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया