Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – वैज्ञानिकहरुले एउटा यस्तो अनौठो स्मार्टफोनमा आधारित जाँच पद्धतिको विकास गरेका छन् जसमा विरामीको रगतको केवल एउटा थोपाको प्रयोगबाट केवल १० सेकेण्डमै एचआइभी संक्रमण पत्ता लगाउन सकिन्छ ।

बेलायतको सर्रे युनिभर्सिटीका प्राध्यापक विन्स एमेरीले विद्यमान स्मार्टफोन प्रविधिको प्रयोग गरेर एचआइभी पत्ता लगाउने १० सेकेण्डको प्रविधि विकास गरिएको बताए । उनका अनुसार सैद्धान्तिक रुपमा जिका वा इबोला भाइरसको पहिचानका लागि पनि यसको प्रयोग गर्न सकिनेछ ।

एमेरीका अनुसार यो पद्धतिको प्रयोगबाट गम्भीर संक्रमणहरुलाई महामारीको रुपमा परिणत हुनुअघि नै पहिचान गरेर रोक्न सकिन्छ । यो स्मार्टफोन परीक्षण प्रविधिमा एसएडब्ल्यू बायोचिप्स प्रयोग गरिन्छ जुन स्मार्टफोनमा पाइने माइक्रोइलेक्ट्रोनिक प्रविधिमा आधारित छ ।

एचआइभी संक्रमण सुरुवाती चरणमै पत्ता लगाउनु सम्भावित बिरामीलाई नियन्त्रण गर्नमा महत्वपूर्ण सावित हुन्छ । हाल विद्यमान परीक्षणमा जटिल विश्लेषण उपकरणको आवश्यकता पर्दछ र परिणामका लागि लामो समय पर्खिनुपर्दछ । -एजेन्सी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया