Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण, उत्पादन, सञ्चालन तथा सम्भार विभागको पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

विद्युत प्राधिकरणको उत्पादन, सञ्चालन तथा सम्भार विभागको महाप्रबन्धक र कायममुकायम कार्यकारी निर्देशक पदमा रहँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजायसहित मुद्दा दायर गरेको हो । उनको वैध आयको तुलनामा २ करोड ८८ लाख ८२ हजार रुपैयाँबराबरको सम्पत्ति अधिक देखिएको अख्तियारले जनाएको छ ।

महाप्रबन्धकका रुपमा प्राधिकरणबाट अवकास पाएका श्रेष्ठ र उनका परिवारका सदस्यसँग भएको चल अचल सम्पत्ति र उनीहरुले गरेको लगानीको श्रोत नखुलेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया