Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अष्ट्रेलिया सरकारले बाढीपहिरो पीडितको सहयोगार्थ करिब १६ करोड रुपैयाँ अर्थात २ मिलियन अष्ट्रेलियन डलर सहयोगको घोषणा गरेको छ ।

अष्ट्रेलियाकी विदेशमन्त्री जुली विशपले विज्ञप्ती जारी गरी बाढीपहिरोका कारण १७ लाख जनता प्रभावित बनेको भन्दै नेपाललाई सो रकम उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको हो । अष्ट्रेलियाको गैरसरकारी मानवीय संस्थाहरु मार्फत १ मिलियन डलर अर्थात करिब ८ करोड रुपैयाँ र थप १ मिलियन डलर विश्व खाद्य कार्यक्रम अन्र्तगत प्रदान गरिने विज्ञप्तीमा उल्लेख छ ।

अष्ट्रेलियाले उपलब्ध गराउने सहयोगबाट तत्काल पीडितका लागि आवास, खाद्यान्न, सफा पानी र स्वास्थ्यका क्षेत्रमा खर्च गरिने जनाइएको छ । अष्ट्रेलियाले ६ हजार ६ सय जना महिला तथा युवतीलाई आवश्यक स्वास्थ्य सेवा र स्वास्थ्य सामाग्री उपलब्ध गराइने प्रतिवद्धता ब्यक्त गरेको छ ।

अष्ट्रेलियाले विश्व खाद्य कार्यक्रम अन्र्तगत र्पुयाउने सहयोगले अति प्रभावित क्षेत्रका ५ बर्षमुनिका ५ हजार ६ सय बालिबालिका र १ हजार ६ सय गर्भवती महिलालाई सहयोग पुग्ने छ ।

तपाईको प्रतिक्रिया