Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखा टेकुले एक हजार र पाँच सय दरका प्रतिबन्धित भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ अन्नपूर्ण चोक क्षेत्रमा अवैध भारु बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाई हिजो पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुले आज पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट अवैध भारु ६८ लाख २० हजार रुपैयाँ बरामद गरेको महाशाखाले जनाएको छ ।

सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले हिडिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया