Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – यु ट्युब तथा टेलिभिजन नेटवर्कहरुलाई माथ दिनेगरी सोसल मिडिया जाएन्ट फेसबुकले नयाँ डेडिकेटेड भिडियो च्यानल सर्भिस लञ्च गर्दैछ । प्रयोगकर्ताले निकट भविष्यमै आफ्नो फेसबुक वालमा वाच ट्याब देख्नेछन् जहाँ गएर विभिन्न खाले भिडियो शोहरु हेर्न पाइनेछ ।

Watch पर्सनलाइज्ड हुने भएकाले प्रयोगकर्ताले आफै नयाँ नयाँ भिडियो तथा शो हरु खोज्न पाउनेछन् । साथै भिडियो दर्शकहरुले शो मा आएका कमेन्ट हेर्न, साथी तथा डेडिकेटेड ग्रपलाई कनेक्ट गर्न सक्दछन् । फेसबुक पोष्टमार्फत सिइओ मार्क जुकरबर्गले भनेका छन्ः शो हेरिरहँदा निस्क्रिय बसिरहनुपर्ने छैन । सोही शो हेरिरहेका साथीहरुबीच अनुभव र भावना शेयर गर्ने र सँगै शो हेर्ने अवसर प्राप्त हुनेछ ।

यद्यपि, फेसबुकमा अहिले पनि प्रशस्तै भिडियोहरु छन् तर फेसबुकमा रहेका भिडियोमा अत्यधिक मात्रामा एमेच्योर तथा छोटा भिडियोहरुको बाहुल्यता छ । फेसबुकले गत वर्ष भिडियो ट्याब सुरु गरेर आफैले ओरिजिनल सामाग्री उत्पादन गर्ने कुराको संकेत गरेको थियो । फेसबुकको वाच फिचरले फेसबुक तथा भिडियो शो निर्माता दुबैलाई राजश्व आम्दानीको नयाँ मार्ग प्रशस्त गरिदिन सक्छ । शो का दौरान दर्शकहरुलाई विभिन्न विज्ञापन समेत देखाइनेछ ।

तर, फेसबुकले जुन क्षेत्रमा पाइला अघि बढाउँदैछ त्यो अत्यधिक बलिया खेलाडीहरु भएको क्षेत्र हो । परम्परागत टेलिभिजन नेटवर्क देखि लिएर यु ट्युब र नेटफ्लिक्स जस्ता अनलाइन सर्भिसहरुको दबदबा छ यो क्षेत्रमा । उता डिज्नेले सन् २०१९ देखि नेटफ्लिक्स सँगको सम्झौता भंग गरी सिधै उपभोक्तासम्म पुग्ने आफ्नै भिडियो स्ट्रिमिंग सर्भिस सुरु गर्ने जनाइसकेको छ । साथै उनले अर्को वर्षदेखि खेलसँग सम्बन्धित इएसपिएन स्ट्रिमिंग पनि सुरु गर्ने जनाएको छ ।

फेसबुकसँग पनि आफ्ना शोहरु स्ट्रिम गर्न कैयन् नामूद कम्पनीहरु पर्खेर बसेका छन् । अमेरिकाको मेजर लिग बेसबल, महिला बास्केटबल, नेसनल जोग्राफिकको सफारी शोदेखि लिएर फक्स मिडिया, बज फिड, ग्रुप नाइन मिडिया आदिले फेसबुकसँग कार्यक्रम उत्पादन र प्रसारणका लागि सम्झौता गरिसकेका छन् । -बीबीसीबाट…

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया