Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

महोत्तरी  – महोत्तरीको बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको व्यवस्था नभएपछि उपचारको लागि समस्या भएको छ । नेपाली सेनाको फस्ट राइफल गण जलेश्वरको प्राविधिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा उपचार गर्न समस्या हुने गरेको उपचारमा सहभागी डाक्टरले बताएका छन् ।

वर्षायाम लागेसँगै तराई मधेशमा सर्पदंशका घटना बढिरहेको बेला जिल्लाकै एक मात्र सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको अभावकै कारण बिरामीहरुलाई उपचार गर्न समस्या भएको छ । समयमै उपचार गर्न नसक्दा उनीहरुको अकालमै ज्यान जाने गरेको उपचार केन्द्र स्रोतले जनाएको छ ।

बर्दिवास उपचार केन्द्रमा अहिले दैनिक ७ जनाको हाराहारीमा सर्पदंशका घाईतेहरु उपचारको लागि पुग्ने गरेका छन् । एन्टिस्नेक भेनम सेरमको भाइलको अभाव भने नरहेको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

पाँच दिनमा तीनजनाको ज्यान गयो

बर्दिवासमा एक हप्ताको अवधीमा विषालु सर्पको टोकाइबाट ३ जनाको ज्यान गएको छ  । बर्दिवास नगरपालिका १ का १९ वर्षीया रविना गौतम, १५ वर्षीया आशिष अधिकारी र अढाइ वर्षीया आइसा सिंहको सर्पदंशको कारण ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ ।

सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको व्यवस्था नभएपछि उपचार अभावमा उनीहरुको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया