बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

टोकियो – जापान नेपाल फ्रेण्डशीप सोसाइटीको छैठौं साधारण भेला गत शनिवार टोकियोमा सम्पन्न भएको छ ।

भेलाको प्रारम्भमा सोसाइटीका अध्यक्ष तादाशी यामागिशीले उपस्थित सबैमा स्वागत गर्दै संस्थाको वर्तमान अवस्था बारे जानकारी गराउनुका साथै भावी कार्ययोजनाका बारेमा प्रकाश पार्नुभएको थियो ।

यसैगरी उपाध्यक्ष कर्पु शेर्पाले सोसाइटीको गत आर्थिक वर्षको कार्यप्रगती प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सोसाइटीले नेपालको विकट ग्रामीण बस्तीका विद्यालयहरुमा शिक्षाको स्तरोन्नतीका लागि आवश्यक पूर्वाधार तथा पुस्तकालय स्थापना लगायतका कार्यमा सहयोग गर्दै आएको बताउनुभयो ।

जापान र नेपाल बीचको मित्रतालाई अझ सुदृढ बनाउँदै ब्यापारिक सम्बन्ध बिस्तार गर्दै लैजाने उद्देश्यले जापान नेपाल सोसाइटीको सन् २०१० मा स्थापना भएको हो । सोसाइटीमा धेरैजसो बिभिन्न क्षेत्रमा लामो अनुभव बटुलेका रिटायर्ड जापानीहरु र ब्यवसायी नेपालीहरु आबद्ध छन् ।

सोसाइटीले जापान र नेपाल बीच संभावित ब्यवसायिक बिस्तारका क्षेत्रहरुको पहिचान गरी जापानीहरुलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने र नेपाली उत्पादनलाई जापानी बजारमा प्रबर्द्धन गर्न सहयोग गर्दै जाने लक्ष लिएको छ ।  दिवाभोज सहितको सो भेलामा नेपाली सँस्कृति झल्काउने नृत्य पनि प्रदर्शन गरिएको थियो ।***

तपाईको प्रतिक्रिया