बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – नेपाल वायुसेवा निगमले आइतबारदेखि अनलाइन टिकट बुकिङ सुरु गरेको छ । तीन वर्षे सुधार कार्ययोजना अनुरुप निगमले यस्तो सेवा विस्तार गरेको हो ।
अनलाइन टिकट बुकिङ सिस्टम सुरु भएसँगै वायु सेवा निगमले सेवा प्रवाहमा नयाँ फड्को मारेको बताएको छ । यो सेवा सुरु भएसँगै अब डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनबाटै टिकट बुक गर्न सकिनेछ । त्यस्तो बुक गरिएको टिकट मोबाइलमा नोटिफिकेशनसहित इमेल आउनेछ । जसलाई प्रिन्ट गरेर यात्रमा जाँदा प्रयोग गर्न सकिने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिनु भयो । निगमले तत्कालका लागि विदेशी मुद्रा सञ्चित गरेका डेबिट वा क्रेडिट कार्ड होल्डरले मात्रै अनलाइन बुकिङ गर्न जनाएको छ । प्रवक्ता श्रेष्ठले एक हप्तापछि नेपाली रकम जम्मा गर्ने डेबिट वा क्रेडिक कार्डबाहकले पनि यो सुविधा पाउने बताउनु भयो ।

तपाईको प्रतिक्रिया