बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं  – आज आइतबारदेखि १० लाख रुपैयाँभन्दा धेरैको लेनदेन चेकबाट मात्र गर्न पाइने भएको छ । राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा धेरैको कारोबार नगदमा गर्न नपाइने नियम लागू गरेको हो ।

नगद कारोबारभन्दा बैंकिङ कारोबार सुरक्षित हुने भएकाले नगद कारोबारको सीमा घटाइएको राष्ट्र बैंकले जनाएको छ । यसअघि ३० लाख रुपैयाँसम्मको लेनदेन नगदमा गर्न पाइने ब्यवस्था थियो ।

यो निर्णयपछि बैंकिङ प्रणालीमा नगद भित्रिने क्रम बढ्ने अनुमान गरिएको छ । नियम पालना नगरि १० लाख रुपैयाँभन्दा बढीको लेनदेन नगदमा गरेको पाइए त्यस्तो रकम जफथ गरि त्यति नै रुपैयाँ जरिवाना तिर्नुपर्ने कानूनी ब्यवस्था छ ।

तर कुनै बाध्यात्मक कारण भए त्यो खुलाई १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न सकिने सम्पत्ति शुद्धिकरण विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया