Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – गृहमन्त्रालयले जनताको गुनासो सुन्न ‘गुनासो व्यवस्थापन कक्ष’ स्थापना गरी प्रयोगमा ल्याएको छ । मन्त्रालयले आफ्नो मन्त्रालय र त्यसअन्तर्गतका निकायका बारेमा गुनासो सुन्नका लागि आजदेखि टोल फ्री नं १११२ प्रयोगमा ल्याएको हो ।

सो कक्षको आज गृहमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा जुम्लाका जयबहादुर महतले मन्त्री शर्मासमक्ष तीन वटा गुनासो राख्नुभएको थियो । महतले बिदाका दिनमा सरकारी गाडीको दुरुपयोग भएको, काम नभएको ठाउँमा सरकारी कार्यालयले भुक्तानी रकम दिएर भ्रष्टाचार गरेको र गाउँपालिकामा तल्लोस्तरका कर्मचारीलाई हाकिम बनाएर माथिल्लोस्तरका कर्मचारीलाई बेवास्ता गरेको भन्दै गुनासो पोख्नुभयो ।

गुनासो सुनेपछि मन्त्री शर्माले जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई टेलिफोन सम्पर्क गरी महतले गरेको गुनासोका बारेमा जानकारी गराउँदै महतले राखेका गुनासोका सम्बन्धमा चाँडो सत्यतथ्य बुझेर यथार्थ कुरा मन्त्रालयमा पठाउन निर्देशन दिनुभयो । मन्त्रालयले जनताले गरेका गुनासालाई सत्यतथ्य बुझेर गल्ती भए सम्बन्धित निकायलाई कारबाहीसमेत गर्ने भएको छ ।

यस्तै ट्विटरमार्फत गुनासो राख्न चाहेमा @mohagunaso र इमेलमार्फत गुनासो राख्न चाहेमा [email protected] मा सम्पर्क गर्नसमेत मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया