Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सुनसरी  – सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका जयप्रकाश चौधरी ९ हजार सात सय ६ मतसहित मेयरमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्द बस्नेतले ८ हजार ८ सय ४० मत पाउनुभयो । उपमेयरमा भने एमालेकी सविता कुमारी चौधरी ९ हजार ७ सय ४२ मतसहित चुनिनु भएको छ ।

कांगे्रसकी उम्मेदवार विजया कटुवालले ७ हजार ९ सय मत पाउनुभयो । सुनसरीको १२ स्थानीय तहमध्ये सात तहको नतिजा आएको छ । जसमा चारमा कांग्रेस, दुईमा नेपाल लोकतान्त्रिक फोरम र एकमा संघीय समाजवादी फोरम विजयी भएको छ ।

तपाईको प्रतिक्रिया