आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण वहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ ।

राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

दल दर्ताका लागि आवश्यक विधानलगायत दस्तावेजलाई अन्तिम रुप दिन मंगलबार अर्को बैठक बस्दैछ ।

पार्टीको संगठन संरचना र जातीय प्रतिनिधित्वको विषयमा कचिंगल उत्पन्न भएपछि नेताहरुले तत्काललाई अन्तरिम विधान बनाएर समस्या सल्टाउने भएका छन् ।

राजपालाई नजिकबाट बुझ्नेहरुले दल दर्ता प्रक्रिया चुनावमा जानकै लागि अघि बढाउन लागिएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया