Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सुनसरी – सुनसरीको इनरुवा, हरिनगरा गाउँपालिका र गढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । इनरुवा नगरपालिमाको मेयरमा  कांग्रेसका राजन मेहता र उपप्रमुखमा जमुना गौतम विजयी हुनु भएको छ ।

मेहताले एमालेका पोष्टकुमार नेपाललाई र उपप्रमुखमा गौतमले एमालेकै कविता यादवलाई पछि पार्नु भएको हो ।  यस्तै हरिनगरा गाउँपालिकामा कांग्रेसकै गोफार अन्सारी ५ हजार ६ सय ५२ मतसहित विजयी हुनु भएको छ ।

उहाँका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका हेमनारयण मेहताले ३ हजार ६ सय ३५ मत मात्र पाउनुभयो । उपाध्यक्षमा रिमझिमकुमारी भगत विजयी हुनु भएको छ । उहाँले एमालेकी प्रतिस्पर्धी लक्करी अन्सारीलाई पछि पार्नु भएको छ ।

यसैगरी गढी गाउँपालिकामा अध्यक्षमा कांग्रेसका श्रीप्रसाद यादव विजयी हुनु भएको छ । उहाँले ५ हजार ५२ मत ल्याएर चुनाव जित्नु भएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका वीर नारायण चौधरीले ४ हजार ६४ मत पाउनुभयो ।

उपाध्यक्षमा पनि कांग्रसेकी राजकुमारी चौधरी ४ हजार ८ सय १९ मतसहित विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका लालो थरुनी ३ हजार ६ सय ५५ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया