Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – दाङको घोराही उपमहानगरपालिकामा विजयी हुँदै एमालेले ठूला नगरमा पनि खाता खोलेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नतिजा सार्वजनिक भएको घोराही पहिलो हो ।

दाङको सदरमुकाम रहेको घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी निर्वाचित हुनु भएको छ । कांग्रेसका भूपबहादुर डाँगीलाई झण्डै ५ हजार मतले हराउँदै नरुलाल मेयर निर्वाचित हुनु भएको हो ।  उपमेयरमा पनि एमालेकै सीता न्यौपाने निर्वाचित हुनु भएको छ । उहाँले कांग्रेसकै पुष्पा श्रेष्ठलाई पराजित गर्नुभयो । २०२४ सालमा साविकको रामपुर गाविसमा जन्मिएका चौधरीले अनेरास्ववियुबाट एमालेको राजनीति सुरु गर्नु भएको हो ।

जारी मतगणनामा मोरङको विराटनगर महानगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेस अगाडि छ । दाङकै तुलसीपुरसहित सुनसरीको धरान र इटहरी, रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एमाले अगाडि छ भने नेपालगन्ज उपमहानगरमा राप्रपाले अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया