Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – अर्घाखाँचीका ६ स्थानीय तहको मत परिणाम सार्बजनिक हुँदा नेपाली कांग्रेसले चार तह जितेको छ । सन्धिखर्क नगरपालिका, सितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकासहित २५ वडामा जित हासिल गर्दै कांग्रेस अर्घाखाँची जिल्लामा पहिलो पार्टी भएको छ ।

कांग्रेसबाट सन्धिखर्क नगरपालिका प्रमुखमा कमलप्रसाद भुसाल, सितगंगा नगरपालिका प्रमुखमा सुर्यप्रसाद अधिकारी, भुमिकास्थान नगरपालिका उपप्रमुखमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिका अध्यक्षमा लेखनाथ पोख्रेल, उपाध्यक्षमा तुल्सादेवी श्रेष्ठ र पाणिनी गाउँपालिका अध्यक्षमा अच्युत गौतम विजयी हुनु भएको हो ।

अर्घाखाँचीमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर चुनाव लडेका थिए । माओवादी केन्द्रले भूमिकास्थान नगरपालिका प्रमुख तथा सन्धिखर्क र सितगंगा नगरपालिकाको उपप्रमुख जितेको छ । माओवादी केन्द्रबाट भुमिकास्थान नगरपालिका प्रमुखमा रेशम थापा, सन्धिखर्क नगरपालिका उपप्रमुखमा ठाकुरकुमार विक र सितगंगा नगरपालिका उपप्रमुखमा टिका रेश्मी विजयी हुनु भएको हो । माओवादीले ७ वटा वडामा पनि जित हासिल गरेको छ ।

नेकपा एमाले एक गाउँपालिकाको अध्यक्ष र २ गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेबाट मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्य, उपाध्यक्षमा प्रमिला क्षेत्री, पाणिनी गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी गौतम विजयी हुनु भएको हो । एमालेले २५ वटा वडामा र राष्ट्रिय जनमोर्चाले ४ वडामा जित हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया