Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

मोरङ – विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो तम परिणाम अनुसार कांग्रेसका भिम पराजुलीले ५ हजार ६ सय ९३ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै एमालेका विनोद ढकालले ४ हजार २७ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४ सय ४८ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ ।

कांगेसकी इन्दीरा कार्कीले ४ हजार ९ सय ५३ मत प्राप्त गर्नु भएको छ । त्यस्तै लोकतान्त्रिक फोरमकी सुची चौधरीले २ हजार २ सय ३० मत प्राप्त गर्नु भएको छ भने माओवादी केन्द्रकी नमिता न्यौपानेले २ हजार ४ सय ३१ मत प्राप्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरम तथा माओवादी र संघीय समाजवादी फोरमबिच तालमेल छ । कांग्रेस एक्लै चुनावी मैदानमा छ । विराटनगरका १९ वडामध्ये अहिले १, २, ३, ४ र १६, १७ र १८ को मतगणना चलिरहेको छ ।

कुनैपनि वडाको मतगणना सकिएको छैन । मतगणना निकै सुस्त भएकाले अन्तिम परिणाम आज अझै १५ दिन लाग्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया