सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको फुकुओका शाखा सञ्चालनमा आएको छ । २ सय भन्दा बढी फुकुओका बासी नेपालीहरुको उपस्थिती रहेको एक समारोहका विच एक्सप्रेसका अध्यक्ष महेशकुमार श्रेष्ठले जुलाई १ मा शुभारम्भ गर्नुभएको हो ।

जापानबाट नेपाल पैसा पठाउने कम्पनी सिटी एक्सप्रेसले फुकुओकामा रहेका नेपालीहरुको सुबिधाको लागि हप्ताको सातै दिन बिहान नौं बजे बाट बेलुका ८ बजे सम्म शाखा बाट सेवा दिने जनाएको छ ।

साथै, फुकुओका शाखा संचालन भएको अबसरमा जुलाई महिनाभरी सित्तैमा नेपाल पैसा पठाउन सकिने एक्सप्रेसले उल्लेख गरेको छ ।

यसैबिच, नेपाल जाने आउने हवाई टिकटको लागि सिटी ट्राभल एण्ड टुर्स को सेवा पनि एउटै बिल्डिंग बाट लिन सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया