सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

ओखलढुंगा – ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मोतिराज राई ३ हजार ८ सय ६३ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपलाल तामाङले २ हजार ५ सय ६२ मत ल्याउनुभयो ।  उपाध्यक्षमा कांग्रेसकी सविता राई ४ हजार ३५ मतल्याएर विजयी हुनुभयो ।

एमालेकी  भावना राईले २ हजार १ सय ५६ मत पाउनुभयो । अब ओखलढुंगाका मोलुङ र लिखु गाउँपालिकाको मत परिणाम आउन बाँकी छ । दुवैमा एमालेले अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया