Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

रुपन्देही  – रुपन्देहीको रोहिणी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । अध्यक्षमा फोरमका सनोज कुमार यादव ३ हजार ७ सय ६० मतका साथ विजयी हुनुभयो । उहाँले राप्रपाका ताहिर अलिलाई २ सय १८ मतले जित्नुभएको हो ।

अलिले ३ हजार ५ सय ४२ मत ल्याउनुभयो । उपाध्यक्षमा भने राप्रपाका श्रीकान्ती चमार विजयी हुनुभएको छ । उहाँले ३ हजार ४ सय ९६ मत प्राप्त गर्नुभयो । संघीय समाजवादी फोरमका रिमा मिश्राले ३ हजार ४ सय ५० मत ल्याउनुभयो ।

४६ मतले राप्रपाका चमार विजयी हुनुभएको हो ।

तपाईको प्रतिक्रिया