ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका टिका गुरुङ २ हजार ३ सय ७८ मत ल्याई विजय हुनुभएको छ । उहाँका प्रतिद्वन्द्धी एमालेका अनन्त बहादुर साँबाले २ हजार १ सय ४७ मत ल्याउनुभयो ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी ज्ञानमाया चौहान (गौतम)ले २ हजार १ सय ३६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्धी एमालेकी लिलामाया दाहालले एक हजार ८ सय ३० मत पाउनुभयो ।
ताप्लेजुङका १ नगरपालिका ८ गाउँपालिकासहित ९ वटा स्थानीय तह रहेकोमा अहिले सम्म ७ वटा तहको मत परिणाम आएको निर्वाचन कार्यालयले जनाएको छ ।
जसमा फुङलिङ नगरपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका, याङवरक गाउँपालिका गरी चार स्थानीय तहमा नेकपा एमालेले जीत हाँसिल गरेको छ ।
उता, मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र सिरिजंघा गाउँपालिकालगायत तीन स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ ।