सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले आजराती १२ बजेदेखि लागु हुनेगरी इन्धनको मुल्य घटाएको हो । निगमका प्रबक्ता सिताराम पोखरेलका अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेलमा २, मटितेलमा २ र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घटेपछि नेपालमा पनि मुल्य घटाएको प्रवक्ता पोखरेलले बताउनुभयो । भारतीय आयल निगम (आइओसी)ले जुलाई १ मा पठाएको मुल्यसूची अनुसार इन्धनको मुल्य घटेको देखिएको भन्दै प्रवक्ता पोखरेलले सोही अनुसार आजरातीबाट लागु हुनेगरी मुल्य घटाएको बताउनुभयो ।

नयाँ मुल्यअनुसार प्रतिसिलिन्डर ग्यासको मुल्य १३ सय ५० रुपैया पर्नेछ । हाल १३ सय ७५ रुपैयामा कारोबार हुन्थ्यो । यस्तै, प्रतिलिटर पेट्रोलको मुल्य ९८ रुपैयाँ, डिजेल ७४ रुपैयाँ, मटितेल ७४ रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) ८४ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) ७३ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोल सय रुपैयाँ, डिजेल ७६, मटितेल ७६, हवाई इन्धन आन्तरिकतर्फ ८६ र अन्तर्राष्ट्रियतर्फ ७७ रुपैयाँमा बिक्री हुन्थ्यो ।

तपाईको प्रतिक्रिया