Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – अछामको चौरपाटी गाउँपालिकामा नेकपा एमालेका हर्कबहादुर साउद एक मतको अन्तरले विजयी हुनु भएको छ । उहाँले कांग्रेसका भिमबहादुर साउदलाई १ मतले हराउनु भएको हो ।

साउदले ३ हजार एक सय ३८ मत प्राप्त गर्नुभएको छ उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भिम साउदले ३ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी माया कुँवर विजयी हुनु भएको छ ।  पहिलो र दोश्रो चरणको दुवै चुनावमा गाउँपालिकाको अध्यक्षमा १ मतको जितहार भएको यो पहिलो नतिजा हो ।

यसअघि वडाअध्यक्ष तथा वडा सदस्यहरुमा एक मत अन्तरको जित हार भएको थियो । केहि वडाअध्यक्ष र वडासदस्यको बराबरी मत आएपछि चिठ्ठाबाट पनि विजेता छानिएको थियो ।

तपाईको प्रतिक्रिया