Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा अमर नेम्वाङ ४ हजार १ सय ६३ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका वीरबहादुर कुरुङबाङले ३ हजार ३ सय ६७ पत ल्याउनुभयो ।

उपाध्यक्षमा कांग्रेसकी देवित्रा आङदेम्बे ३ हजार ९ सय ५३ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दि एमालेकी करुणा राईले ३ हजार ३ सय ९४ मत ल्याउनुभयो । याङवरक गाँउपालीका र फिदिम नगरपालीकाको मतगणना भईरहेको छ ।

यस्तै पाँचथरकै फालेलुङ गाउँपालिकाको अध्यक्षमा पनि नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा सञ्चकुमार केरुङ २ हजार ९ सय ९६ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका महेन्द्र जवेगुले २ हजार ८ सय ३९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी हिमा अधिकारी २ हजार ९ सय ८१ मत ल्याएर विजयी हुनुभयो । माओवादी केन्द्रकी कविता थाम्सुहाङ २ हजार ८ सय ३ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया