Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो परिणाम अनुसार १ सय ८६ तहका नतिजा सार्वजनिक हुँदा एमाले ८६ स्थानमा जित दर्ता गरेको छ भने नेपाली कांग्रेस ६८ स्थानमा विजयी भएको छ । यस्तै माओवादी केन्द्र २६ स्थान विजयी भएको छ भने, जनमोर्चा २ र संघीय समाजवादी फोरम तथा फोरम लोकतान्त्रिकले १–१ स्थानीय तहमा जीतेका छन् ।

दोस्रो चरणमा निर्वाचन भएका तहमा एकमात्र महानगरपालिका विराटनगरमा कांग्रेसले अग्रता लिइरहेको छ । सात उपमहानगरमध्ये ५ वटामा एमालेले अग्रता लिएको छ । नेपाली कांग्रेसले दुईवटा र राप्रपाले एउटा उपमहानगरपालिकामा अग्रता लिएको छ । पछिल्लो मतगणना परिणाम अनुसार एमालेले धरान, इटहरी, बुटवल, तुलसीपुर र घोराही उपमहानगरपालिकामा अग्रता लिएको छ ।

नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकामा अग्रता लिएको छ भने राप्रपाले नेपालगञ्ज उपमहानगरपालिकामा अग्रता लिइरहेको छ । नेपाली कांग्रेसले सुरुमा धरान र इटहरी उपमहानगरपालिमामा समेत अग्रता लिएको थियो । तर, ती दुबै उपमहानगरमा आज एमालेले कांग्रेसलाई पछि पारेको छ ।

बुटवलमा सुरुमा कांग्रेसले अग्रता लिए पनि शनिबारदेखि नै एमालेले अग्रता लिइरहेको छ । धनगढीमा कांग्रेसले सुरुदेखि नै अग्रता लिइरहेको छ । सुरुको २० भोट गन्दा स्वतन्त्रले अग्रता लिए पनि कांग्रेसले नै त्यहाँ अहिलेसम्म लिड गरिरहेको छ ।

दाङका दुबै उपमहानगरपालिकामा एमालेले राम्रो नतिजा ल्याइरहेको छ । त्यहाँका तुलसीपुर र घोराही दुबै उपमहानगरपालिकामा एमालेकै अग्रता छ । नेपालगञ्जमा राप्रपाका मेयर उम्मदेवार भवल समशेर राणाले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।

एमालेले जितेका स्थानीय तहः

१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३. फुङलिङ नगरपालिका, ताप्लेजुङ
४. एङवरक गाउँपालिका, ताप्लेजुङ
५. हिलिहाङ गाउँपालिका, पाँचथर
६. कुम्मायक गाउँपालिका, पाँचथर
७. सन्दकपुर गाउँपालिका, इलाम
८. चुलाचुली गाउँपालिका, इलाम
९. माइ-जोगमार्इ गाउँपालिका, इलाम
१०. मादी नगरपालिका, संखुवासभा
११. सभापोखरी गाउँपालिका, संखुवासभा
१२. खाँदबारी नगरपालिका, संखुवासभा
१३. मकालु गाउँपालिका, संखुवासभा
१४. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
१५. छथर गाउँपालिका, तेह्रथुम
१६. अाठराइ गाउँपालिका, तेह्रथुम
१७. फेदाप गाउँपालिका, तेह्रथुम
१८. म्याङलुङ नगरपालिका, तेह्रथुम
१९. गढवा गाउँपालिका, दाङ
२०. हतुवागढी गाउँपालिका, भोजपुर
२१. पौवादुम्बा गाउँपालिका, भोजपुर
२२. रामप्रसाद राई गाउँपालिका, भोजपुर
२३. टेम्के मैयुम गाउँपालिका, भोजपुर
२४. लामीडाँडा गाउँपालिका, खोटाङ
२५. जन्तेढुंगा गाउँपालिका, खोटाङ
२६. केपिलासगढी गाउँपालिका, खोटाङ
२७. रूपाकोट मझुवागढी गाउँपालिका, खोटाङ
२८. पाख्रिबास नगरपालिका, धनकुटा
२९. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
३०. छथर जोरपाटी गाउँपालिका, धनकुटा
३१. चौबीसे गाउँपालिका, धनकुटा
३२. धनकुटा नगरपालिका,धनकुटा
३३. साँगुरीगढी गाउँपालिका, धनकुटा
३४. महालक्ष्मी नगरपालिका, धनकुटा
३५. सोताङ गाउँपालिका, सोलुखुम्बु
३६. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
३७. खुम्बुपासाङ ल्हामु गाउँपालिका, सोलुखुम्बु
३८. नेचा सल्यान गाउँपालिका, सोलुखुम्बु
३९. ताप्ली गाउँपालिका, उदयपुर
४०. उदयपुरगढी गाउँपालिका, उदयपुर
४१. रौतामार्इ गाउँपालिका, उदयपुर
४२. गौमुल गाउँपालिका, बाजुरा
४३. पाण्डवगुफा गाउँपालिका, बाजुरा
४४. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
४५. पञ्चेश्वर गाउँपालिका, बैतडी
४६. डिलासैनी गाउँपालिका, बैतडी
४७. अमरगढी नगरपालिका, डडेलधुरा
४८. नवदुर्गा गाउँपालिका, डडेलधुरा
४९. सायल गाउँपालिका, डोटी
५०. पूर्वीचौकी गाउँपालिका, डोटी
५१. अादर्श गाउँपालिका, डोटी
५२. जोरायल गाउँपालिका, डोटी
५३. दिपायल सिलगढी नगरपालिका, डोटी
५४. थलारा गाउँपालिका, बझाङ
५५. बित्थडचिर गाउँपालिका, बझाङ
५६. तलकोट गाउँपालिका, बझाङ
५७. दुर्गाथली गाउँपालिका, बझाङ
५८. जयपृथ्वी नगरपालिका, बझाङ
५९. केदारस्युँ गाउँपालिका, बझाङ
६०. छबीसपाथिभरा गाउँपालिका, बझाङ
६१. नौगाड गाउँपालिका, दार्चुला
६२. अपिहिमाल गाउँपालिका, दार्चुला
६३. लेकम गाउँपालिका, दार्चुला
६४. सुस्ता गाउँपालिका, नवलपरासी
६५. तिनाउ गाउँपालिका, पाल्पा
६६. निस्दी गाउँपालिका, पाल्पा
६७. पूर्वखोला गाउँपालिका, पाल्पा
६८. ऋद्धिकोट, गाउँपालिका, पाल्पा
६९. तानसेन नगरपालिका, पाल्पा
७०. मालिका गाउँपालिका, गुल्मी
७१. रेसुङ्गा नगरपालिका, गुल्मी
७२. रुरु गाउँपालिका, गुल्मी
७३. मुसीकोट नगरपालिका, गुल्मी
७४. छत्रकोट गाउँपालिका, गुल्मी
७५. त्रिवेणी गाउँपालिका, रोल्पा
७६. रून्टीगढी गाउँपालिका, रोल्पा
७७. चुरे गाउँपालिका, कैलाली
७८. मोहन्याल गाउँपालिका, कैलाली
७९. माण्डवी गाउँपालिका, प्युठान
८०. सुरूमारानी गाउँपालिका, प्युठान
८१. स्वर्गद्वारी नगरपालिका, प्युठान
८२. मस्टा गाउँपालिका, बझाङ
८३. सिद्धिचरण नगरपालिका, अोखलढुंगा
८४. कञ्चन गाउँपालिका, रूपन्देही
८५. शुद्धोदन गाउँपालिका, रूपन्देही
८६. मालारानी गाउँपालिका, अर्घाखाँची

कांग्रेसले जितेका स्थानीय तह

१. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२. त्रिवेणी अाठरार्इ गाउँपालिका, ताप्लेजुङ
३. सिरिजंगा गाउँपालिका, ताप्लेजुङ
४. तुम्वेवा गाउँपालिका, पाँचथर
५. चिचिला गाउँपालिका, संखुवासभा
६. भोटखोला गाउँपालिका, संखुवासभा
७. सिलिचुङ गाउँपालिका, संखुवासभा
८. धर्मादेवी गाउँपालिका, संखुवासभा
९. पाँचखपन गाउँपालिका, संखुवासभा
१०. दिप्रुङ गाउँपालिका, खोटाङ
११. एेंसेलुखर्क गाउँपालिका, खोटाङ
१२. बराहपोखरी गाउँपालिका, खोटाङ
१३. भोजपुर नगरपालिका, भोजपुर
१४. अरुण गाउँपालिका, भोजपुर
१५. साल्पासिलिसो गाउँपालिका, भोजपुर
१६. गुल्मी दरबार गाउँपालिका, गुल्मी
१७. चन्द्रकोट गाउँपालिका, गुल्मी
१८. सत्यवती गाउँपालिका, गुल्मी
१९. प्रतापपुर गाउँपालिका, नवलपरासी
२०. सुनवल नगरपालिका, नवलपरासी
२१. रामग्राम नगरपालिका, नवलपरासी
२२. माथागढी गाउँपालिका, पाल्पा
२३. रैनादेवी छहरा गाउँपालिका, पाल्पा
२४. राजपुर गाउँपालिका, दाङ
२५. शैल्यशिखर नगरपालिका, दार्चुला
२६. महाकाली नगरपालिका, दार्चुला
२७. मालिकार्जुन गाउँपालिका, दार्चुला
२८. दुहु गाउँपालिका, दार्चुला
२९. काँडा गाउँपालिका, बझाङ
३०. बुंगल नगरपालिका, बझाङ
३१. सुर्मा गाउँपालिका, बझाङ
३२. खप्तडछान्ना गाउँपालिका, बझाङ
३३. त्रिवेणी नगरपालिका, बाजुरा
३४. छेडेदह गाउँपालिका, बाजुरा
३५. बडिमालिका गाउँपालिका, बाजुरा
३६. हिमाली गाउँपालिका, बाजुरा
३७. बुढीगंगा नगरपालिका, बाजुरा
३८. आलिताल गाउँपालिका, डडेलधुरा
३९. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
४०. भागेश्वर गाउँपालिका, डडेलधुरा
४१. केआर्इसिंह गाउँपालिका, डोटी
४२. बडिकेदार गाउँपालिका, डोटी
४३. परशुराम नगरपालिका, डोटी
४४. दशरथ चन्द नगरपालिका, बैतडी
४५. सुर्नया गाउँपालिका, बैतडी
४६. शिवनाथ गाउँपालिका, बैतडी
४७. मेलाैली गाउँपालिका, बैतडी
४८. पाटन नगरपालिका, बैतडी
४९. सिगास गाउँपालिका, बैतडी
५०. कमलबजार नगरपालिका, अछाम
५१. ढकारी गाउँपालिका, अछाम
५२. पञ्चदेवल विनायक गाउँपालिका, अछाम
५३. मंगलसेन नगरपालिका, अछाम
५४. जोशीपुर गाउँपालिका, कैलाली
५५. छत्रदेव गाउँपालिका, अर्घाखाँची
५६. सितगंगा नगरपालिका, अर्घाखाँची
५७. पाणिनी गाउँपालिका, अर्घाखाँची
५८. डडुवा गाउँपालिका, बाँके
५९. लुंग्री गाउँपालिका, रोल्पा
६०. एेरावती गाउँपालिका, प्युठान
६१. नौबहिनी गाउँपालिका, प्युठान
६२. गाैमुखी गाउँपालिका, प्युठान
६३. लालीगुँरास नगरपालिका, तेह्रथुम
६४. सोलुदूधकुण्ड गाउँपालिका, सोलुखुम्बु
६५. माक्सेबुङ  गाउँपालिका, इलाम
६६. राप्तीसोनारी गाउँपालिका, बाँके
६७. गुलरिया नगरपालिका, बर्दिया
६८. चम्पादेवी गाउँपालिका, अोखलढुंगा

माओवादीले जितेका स्थानीय तह

१. मिक्लाजुङ गाउँपालिका, पाँचथर
२. आमचोक गाउँपालिका, भोजपुर
३. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
४. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
५. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
६. साकेला गाउँपालिका, खोटाङ
७. सुनकोशी गाउँपालिका, उदयपुर
८. बंगलाचुली गाउँपालिका, दाङ
९. पाल्हीनन्दन गाउँपालिका, नवलपरासी
१०. सिस्ने गाउँपालिका, रुकुम
११. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
१२. भूमे गाउँपालिका, रुकुम
१३. थवाङ गाउँपालिका, रोल्पा
१४. सुनछहरी गाउँपालिका, रोल्पा
१५. माडी गाउँपालिका, राेल्पा
१६. सुकीदह गाउँपालिका, रोल्पा
१७. दुर्इखोली गाउँपालिका, रोल्पा
१८. रोल्पा नगरपालिका, रोल्पा
१९. सुवर्णावती गाउँपालिका, रोल्पा
२०. लालझाडी गाउँपालिका, कञ्चनपुर
२१. अजयमेरु गाउँपालिका, डडेलधुरा
२२. बोगटान गाउँपालिका, डोटी
२३. मार्मा गाउँपालिका, दार्चुला
२४. पुरचौडी नगरपालिका, बैतडी
२५. मेल्लेख गाउँपालिका, अछाम
२६. धुर्कोट गाउँपालिका, गुल्मी

राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह

१. मल्लरानी गाउँपालिका, प्यूठान
२. झिमरूक गाउँपालिका, प्यूठान

संघीय समाजवादी फोरमले जितेको स्थानीय तह

१. नैनापुर गाउँपालिका, बाँके

फोरम लोकतान्त्रिकले जितेको स्थानीय तह

१. सरावल गाउँपालिका, नवलपरासी

 

तपाईको प्रतिक्रिया