Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – विराटनगर महानगरपालिकामा कांग्रेस र एमालेबिच कडा प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस २ सय ८८ मतसहित अग्रस्थानमा छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाउनु भएको छ भने एमालेका विनोद ढकालले ३ हजार ५७ मत प्राप्त गर्नु भएको छ ।

यस्तै संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका इन्दिरा कार्कीले २ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ, त्यस्तै लोकतान्त्रिक फोरमकी सूचि चौधरीले १ हजार ३ सय ४६ मत प्राप्त गर्नु भएको छ भने माओवादीकी नमिता न्यौपानेले १ हजार ४ सय ४६ मत पाउनु भएको छ ।

७ उपमहानगरमध्ये एमाले ५, कांग्रेस १, राप्रपा १ मा अगाडि
दोस्रो चरणको चुनाव सम्पन्न भएका ७ उपमहानगरपालिका मध्ये ५ वटामा एमालेले अग्रता लिएको छ । नेपाली कांग्रेसले दुईवटा र राप्रपाले एउटा उपमहानगरपालिकामा अग्रता लिएको छ । पछिल्लो मतगणना परिणाम अनुसार एमालेले धरान, इटहरी, बुटवल, तुलसीपुर र घोराही उपमहानगरपालिकामा अग्रता लिएको छ ।

नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकामा अग्रता लिएको छ भने राप्रपाले नेपालगञ्ज उपमहानगरपालिकामा अग्रता लिइरहेको छ । नेपाली कांग्रेसले सुरुमा धरान र इटहरी उपमहानगरपालिमामा समेत अग्रता लिएको थियो । तर, ती दुबै उपमहानगरमा अाज एमालेले कांग्रेसलाई पछि पारेको छ ।

बुटवलमा सुरुमा कांग्रेसले अग्रता लिए पनि शनिबारदेखि नै एमालेले अग्रता लिइरहेको छ । धनगढीमा कांग्रेसले सुरुदेखि नै अग्रता लिइरहेको छ । सुरुको २० भोट गन्दा स्वतन्त्रले अग्रता लिए पनि कांग्रेसले नै त्यहाँ अहिलेसम्म लिड गरिरहेको छ ।

दाङका दुबै उपमहानगरपालिकामा एमालेले राम्रो नतिजा ल्याइरहेको छ । त्यहाँका तुलसीपुर र घोराही दुबै उपमहानगरपालिकामा एमालेकै अग्रता छ । नेपालगञ्जमा राप्रपाका मेयर उम्मदेवार भवल समशेर राणाले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया