Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

काठमाडौं – दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

पछिल्लो परिणाम अनुसार १ सय १२ तहका नतिजा सार्वजनिक हुँदा एमाले ५० स्थानमा जित दर्ता गरेको छ भने नेपाली कांग्रेस ४० स्थानमा विजयी भएको छ । यस्तै माओवादी केन्द्र १९ स्थान विजयी भएको छ भने, जनमोर्चा २ र संघीय समाजवादी फोरमले १ स्थानीय तहमा जीतेका छन् ।

दोस्रो चरणमा निर्वाचन भएका तहमा एकमात्र महानगरपालिका विराटनगरमा कांग्रेसले अग्रता लिइरहेको छ । सात उपमहानगरमध्ये धनगढी, इटहरी र धरानमा पनि कांग्रेसकै अग्रता छ । बुटवल, घोराही र तुलसीपुर उपमहानगरमा एमालेको अग्रता छ । बाँकेको नेपालगन्ज उपमहानगरमा भने राप्रपा नेपालका उम्मेदवार धवलशमशेर राणाले अग्रता लिइरहेका छन् ।

यस्तै एमालेले ७४ स्थानीय तहमा अग्रता लिइरहेको छ, भने कांग्रेसले ७६ र माओवादी केन्द्रले २१ स्थानमा अग्रता लिइरहेका छन् । अन्य दलहरूले ११ स्थानीय तहमा अग्रता लिइरहेको प्रारम्भिक परिणामले देखाएको छ ।

कुन दलका उम्मेदवारले कुन स्थानीय तह जिते सूचि हेर्नुहोस्ः

एमाले

  1. डडेलधुरा, अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा)
  2. बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत
  3. बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही
  4. खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई
  5. बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया
  6. बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द
  7. बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय
  8. ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ
  9. भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई
  10. दार्चुला, लेकम गाउँपालिकाः परमानन्द जोशी
  11. बझाङ, वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा
  12. बझाङ, दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी
  13. उदयपुर, ताप्ली गाउँपालिकाः उद्दवसिंह थापा
  14. नवलपरासी, त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे
  15. दार्चुला, अपिहिमाल गाउँपालिकाः धर्मानन्द सिंह
  16. बझाङ, तलकोट गाउँपालिकाः लालबहादुर विष्ट
  17. धनकुटा, खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाः  मनोज राई
  18. भोजपुर, पौवादुम्मा गाउँपालिकाः किरण राई
  19. पाँचथर, हिलिहाङ गाउँपालिकाः भवानीप्रसाद लिङदेन
  20. पाल्पा, तिनाउ गाउँपालिकाः अमबहादुर घर्ती
  21. संखुवासभा, मादी नगरपालिकाः  विदुर लिन्थेप
  22. भोजपुर, ट्याम्के मैयुम गाउँपालिकाः ध्रुवराज राई
  23. डडेलधुरा, नवदुर्गा गाउँपालिकाः कबिन्द्र बहादुर विष्ट
  24. पाल्पा, पूर्वखोला गाउँपालिकाः नुन बहादुर थापा
  25. इलाम, सन्दकपुर गाउँपालिकाः उदयबहादुर राई
  26. भोजपुर, हतुवागढी गाउँपालिकाः प्रेमबहादुर राई
  27. गुल्मी, रेसुङ्गा नगरपालिकाः डिल्लीराज भुसाल
  28. ताप्लेजुङ, मिक्वाखोला गाउँपालिकाः रामकुमार सावा
  29. डोटी, पूर्वीचौकी गाउँपालिकाः दीर्घराज बोगटी
  30. सोलुखुम्बु, दूधकोशी गाउँपालिकाः  बुद्धिकिरण राई
  31. धनकुटा, पाख्रिबास नगरपालिकाः विर्षबहादुर राई
  32. खोटाङ, लामिडाँडा गाउँपालिकाः लीलानाथ निरौला
  33. पाँचथर, कुम्मायक गाउँपालिकाः जयबहादुर चेम्जोङ
  34. गुल्मी, रुरू गाउँपालिकाः नीलकण्ड गौतम
  35. सोलुखुम्बु, सोताङ गाउँपालिकाः वीरबहादुर नाछिरीङ
  36. बाजुरा, स्वामीकार्तिक गाउँपालिकाः चिरन्जीवी शाही
  37. धनकुटा, छथर जोरपाटीः शेरबहादुर लिम्बू
  38. तेह्रथुम, मेन्छयायम गाउँपालिकाः यादव बहादुर खापुङ
  39. दार्चुला, नौगाड गाउँपालिकाः प्रेमसिंह धामी
  40. रोल्पा, त्रिवेणी गाउँपालिकाः शान्तकुमार ओली
  41. पाल्पा, निस्दी गाउँपालिकाः मुक्तबहादुर सारू
  42. उदयपुर, ताप्ली गाउँपालिकाः उद्धवसिंह थापा
  43. प्यूठान, सरुमारानी गाउँपालिकाः झगवहादुर विक
  44. धनकुटा, चौबिसे गाउँपालिकाः खजिन्द्र राई
  45. कैलाली, चुरे गाउँपालिकाः धनबहादुर रोक्का मगर
  46. तेह्रथुम, छथर गाउँपालिकाः सन्तवीर लिम्बु
  47. उदयपुर ,उदयपुरगढी गाउँपालिका: मानबहादुर केप्छाकी मगर
  48. डोटी, सायल गाउँपालिका : तेजबहादुर डुम्रेल
  49. इलाम, चुलाचुली गाउँपालिका : प्रदिपचन्द्र राई
  50. पाल्पा, रम्भा गाउँपालिका: विष्णुप्रसाद भण्डारी

कांग्रेस

  1. बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल
  2. बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत
  3. बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा
  4. संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा
  5. संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई
  6. दार्चुला, महाकाली नगरपालिकाः हंसराज भट्ट
  7. गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा
  8. डडेल्धुरा, नामः भागेश्वर गाउँपालिकाः  कौशिला भट्ट
  9. डडेल्धुरा, आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ
  10. डोटी, के.आइ.सिं गाउँपालिकाः लोकेन्द्र शाही
  11. डडेलधुरा, गन्यापधुरा गाउँपालिकाः नबलबहादुर मल्ल 
  12. बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
  13. खोटाङ, एेसेँलुखर्क गाउँपालिकाः विश्वनाथ निरौला
  14. नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा
  15. ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू
  16. गुल्मी, चन्द्रकोट गाउँपालिकाः द्रोणबहादुर खत्री
  17. पाँचथर, तुम्वेवा गाउँपालिकाः होमनाथ थापा
  18. बैतडी, सुर्नया गाउँपालिकाः वीरबहादुर विष्ट
  19. डोटी, बडीकेदार गाउँपालिकाः कृष्णबहादुर चन्द
  20. भोजपुर, भोजपुर नगरपालिकाः कैलाशकुमार आले
  21. ताप्लेजुङ, त्रिवेणी आठराई गाउँपालिकाः विश्वनाथ सिटौला
  22. बैतडी, दशरथ चन्द नगरपालिका: नरेन्द्रसिंह थापा
  23. बझाङ, बुंगल नगरपालिकाः धनबहादुर विष्ट
  24. भोजपुर, अरुण गाउँपालिकाः गजेन्द्रबहादुर कार्की
  25. दार्चुला, मालिकार्जुन गाउँपालिकाः नरेन्द्र सिंह धामी
  26. अछाम, कमलबजार नगरपालिकाः ओमप्रकाश विष्ट
  27. खोटाङ, दिप्रुङ गाउँपालिकाः भूपेन्द्र राई
  28. दार्चुला, शैल्यशिखर नगरपालिकाः अमरसिंह धामी
  29. बाजुरा, त्रिवेणी नगरपालिकाः रामसिंह रावल
  30. बझाङ, सुर्मा गाउँपालिकाः  नरबहादुर बोहोरा
  31. संखुवासभा, भोटेखोला गाउँपालिकाः पेम्बा भोटे
  32. दाङ, राजपुर गाउँपालिकाः लोकराज केसी
  33. पाल्पा, माथागढी गाउँपालिकाः सन्तोस कुमार थापा
  34. बैतडी, शिवनाथ गाउँपालिकाः कर्णसिंह साउद
  35. अर्घाखाँची, छत्रदेव गाउँपालिकाः लेखनाथ पोखरेल
  36. कैलाली, जोशीपुर गाउँपालिकाः राम कृष्ण चौधरी
  37. नवलपरासी ,सुनवल नगरपालिका :भीमबहादुर थापा
  38. राेल्पा,लुङग्री गाउँपालिका :दुर्गाबहादुर खड्का
  39. बाँके, डुुडुवा गाउँपालिका : नरेन्द्र चौधरी
  40. बर्दिया, गुलरिया नगरपालिका :मुक्तिनाथ यादव

माओवादी

  1. सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत
  2. सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ
  3. दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली
  4. रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
  5. रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
  6. रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम
  7. डडेल्धुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’
  8. डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला
  9. रोल्पा, थवाङ गाउँपालिकाः वीरबहादुर घर्ती
  10. कन्चनपुर, लालझाडी गाउँपालिकाः मदनसेन बडायक
  11. रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर
  12. रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी
  13. भोजपुर, आमचोक गाउँपालिकाः अशोक राई
  14. खोटाङ, साकेला गाउँवपालिकाः अर्जुन कुमार खड्का
  15. ओखलढुंगा, चिशंखुगढी गाउँपालिकाः निशान्त शर्मा
  16. दार्चुला, मार्मा गाउँपालिकाः जमनसिंह धामी
  17. रोल्पा, सुकीदह गाउँपालिकाः वीरबहादुर केसी
  18. गुल्मी, धुर्कोट गाउँपालिका :भुपाल पोखरेल
  19. रोल्पा, माडी गाउँपालिका : नन्द बहादुर पुन

राजमोः

  1. राष्ट्रिय जनमोर्चाः प्यूठान, मल्लरानी गाउँपालिकाः अम्मरध्वज राना
  2. राष्ट्रिय जनमोर्चाः प्यूठान, झिमरूक गाउँपालिकाः तिलक बहादुर जिसी

अन्यः

  1. संघीय समाजवादी फोरमः बाँके, नरैनापुर गाउँपालिकाः इश्तियाक अहमद साह

 

तपाईको प्रतिक्रिया