Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – दोस्रो चरणमा निर्वाचन भएका १ महानगरसहित सात उपमहानगरपालिकाको पछिल्लो मत गणनाअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। विराटनगर महानगरपालिकासहित इटहरी, धरान र धनगढीमा कांग्रेसले अग्रता लिएको छ भने रूपन्देहीको बुटवल, दाङको घोराही र तुलसीपुरमा एमालेले अग्रता लिएको छ। नेपालन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ।

विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीले ६७७ मतको अन्तर बनाउनु भएको छ । उहाँले एमालेका विनोद ढकालविरुद्ध २३५३ मत प्राप्त गर्नु भएको छ भने ढकालको १६७६ मत छ ।  इटहरी उप–महानगरपालिकामा कांग्रेसका रोहित प्रसाईले अहिले १ सय ७५ मतले अग्रता लिइरहनु भएको छ ।

यस्तै धरान उपमहानगरमा कांग्रेसका तिलक राईले १ सय ८३ मतले अग्रता बनाउनु भएको हो । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप वडले २४९२ मत ल्याउनु भएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार गोपाल हमाल १९७४ मतका साथ पछ्याइराख्नु भएको छ ।

एमालेले रुपन्देहीको बुटवल उपमहानगर तथा दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकाका ३ स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । बुटवलमा एमालेका उम्मेदवार शिवराज सुवेदीले ६२८९ मत ल्याउनु भएको छ । माओवादी केन्द्रसँग मिलेर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले ६०६३ मत ल्याउनु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट प्रमुखमा घनश्याम पाण्डेयले ३६८४ मतका साथ अगाडि रहनु भएको छ भने, नेपाली कांग्रेसबाट प्रमुखमा गेहेन्द्र गिरीले ३२०० मतले पछ्याइराख्नु भएको छ । घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले ८९७१ र उपप्रमुखमा सीता सिग्देल न्यौपानेले ८४८४ मत ल्याउनु भएको छ । कांग्रेसका प्रमुख भुपबहादुर डाँगीले ६७०७ र उपप्रमुखमा पुष्पा श्रेष्ठले ६८७१ मत ल्याउनु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा राप्रापाले अग्रता बढाएको छ। राप्रपाका धवलशम्शेर राणाले ४३१७ मत ल्याउनु भएको छ । कांग्रेसका सुरेश कुमार कनौडियाले २५०५ मत ल्याउनु भएको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेद्वार दामोदर आचार्यले २१९९ मत पाउनु भएको छ ।

तपाईको प्रतिक्रिया