Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रामकृष्ण चौधरी विजयी हुनु भएको छ । चौधरी ३ हजार ७ सय ३२ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका विरुप्रसाद चौधरीले २ हजार ७ सय ४१ मत मात्रल्याउनुभयो ।

विरुप्रसाद चौधरी पूर्वमन्त्री रामजनम चौधरीका आफ्नै भाइ हुनुहुन्छ ।  यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसका गीता कठरिया ३ हजार ७ सय ६८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरम किरन चौधरीले ३ हजार ४ सय ८९ मत ल्याउनुभयो ।

जोशीपुरका ७ वडा मध्ये ४ मा लोकतान्त्रिक फोरम र बाँकी ६ वडा नेपाली काँग्रेसले जितेको छ । जोशीपुरमा थारु मतको बाहुल्यता रहेको छ । यो क्षेत्रबाट दोस्रो संविधानसभा चुनावमा फोरम लोकतान्त्रकका केन्द्रीय नेता रामजनम चौधरी विजयी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया